ढोरपाटनको आलुको बुर्तिवाङमा पसल : एकै दिनमा ६० क्विन्टल आलु बिक्री !

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ भदौ २८ । ढोरपाटन आलु पकेट क्षेत्र सञ्चालक समितीले यसबर्ष ३ हजार कुईन्टल आलु बेच्ने लक्ष्यका साथ बुर्तिवाङ बजारमा आलु पसल खोले पछी ढोरपाटनमा उत्पादित आलु बुर्तिबाङमा प्रसस्त मात्रामा पाईन थालेको छ ।

यस बर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत गठित ढोरपाटन आलु पकेट क्षेत्र सञ्चालक समितीले ढोरपाटनको आलु बुर्तिवाङ बजार सम्म ल्याई बिक्री गर्न सुरु गरेको हो ।

यस बर्ष ढोरपाटनका बिभिन्न स्थानमा आलु बिभिन्न बजार सम्म पुर्याउने गरी ब्यबसायिक रुपमा बुर्तिबाङमै पसल सञ्चालन गरेर बिक्री सुरु गरीएको सञ्चालक समितीका अध्यक्ष चिरन घर्तिमगरले बताए ।

सात जना युवाहरुको सक्रियतामा सञ्चालित समितीले ढोरपाटनका कृषकका घरमै पुगेर आलु खरिद गरेको र माग अनुसार देशका बिभिन्न स्थानमा पु्र्याउने लक्ष्य रहेको समितीका सदस्य होमलाल भुषालले बताए ।

यस बर्ष बढी बर्षातका कारण बोट कुहिएकोले गत बर्षको तुलनामा कम आलु उत्पादन भएको छ । ढोरपाटन नगरपालीकाको वडा नँ ९ पाखाथर, नौथर, डिजा, मस, काँग, भुजी तथा निसीखोला ६ को निशेलढोर लगाएतका क्षेत्रमा आलु खरीद गरी बुर्तिबाङ बजारमा ल्याउने गरिएको हो ।

ढोरपाटन देखि बुर्तिबाङ सिधा सडक सञ्चालन नहुँदा केहि कठिनाई छ । ट्याक्टरको माध्यमबाट बुर्तिबाङ सम्म आलु ल्याएई पुर्याउँदा प्रति केजी ४० रुपैयामा बिक्री गरिएको सदस्य भुषालको बताए ।

हिँजो मात्रै बिक्री गर्न थालेको समुहले बुर्तिबाङ बजार सहित वडिगाड गाँउपालीकाको भिङगिठे, खार लगाएतका क्षेत्रमा गरी ६० कुईन्टल आलु बिक्रि
गरीसकेको छ ।

आलु राख्नका लागि जिल्ला कृषि बिकास कार्यलय बागलुङले उच्च पहाडी क्षेत्र ढोरपाटनमा उत्पादित आलु लेखिएको बोरा अनुदान स्वरुप उपलब्ध गराएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *