Menu

मान्न नहुने थियो, मानेर गल्ती गरियो !

फूल बिनाको बगैंचामा माली सुहाउँदैन,
पाउडर अनि क्रिम लगाऊ, काली सुहाउँदैन,
परेलीमा गाजल लगाऊ, निधारमा टीका,
कस्ले भन्छ तिम्रो ओठमा लाली सुहाउँदैन ?
***
माया बस्न कुनै यस्तो उदाहरण चाहिँदो रहेनछ,
दिल जोडिन कुनै रङ्गीन आवरण चाहिँदो रहेनछ,
कति बेला बस्यो प्रेम कुन मोडमा आई तोडियो,
त्यही माया बिछोड हुन मरण चाहिँदो रहेनछ ।
***
जुन बेला हाम्रो सम्बन्ध तेज भएको थियो,
प्रेम पत्रको खात, सयौं पेज भएको थियो,
जब तिमी दुलही बनेर अर्कैको घरमा भित्रियौ,
त्यहि दिन प्रेमिकाको नाता खारेज भएको थियो ।
***
जान्न नहुने थियो, जानेर गल्ती गरियो,
तान्न नहुनु थियो, तानेर गल्ती गरियो,
हुन्न भन्दा-भन्दै पनि उनले कर गरिन,
मान्न नहुने थियो, मानेर गल्ती गरियो ।
*
राजेन्द्र ढकाल
धौलागिरी एफएम
२०७४ भदौ २८ ।
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *