बडीगाडको ग्वालिचौरमा ५० जना महिलाले लगाए नरप्लान्ट, आज भिङगिठेमा शिविर !

बागलुङ (खर्वाङ) २०७४ भदौ २८ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ तथा मेरी स्टोप सेन्टरको संयुक्त आयोजनामा बडिगाड गाउँपालिकामा विभिन्न वडामा महिलाहरुको लागि परिवार नियोजनको अस्थाई साधन नरप्लान्ट लगाउने शिविर चलिरहेको छ ।

गत भदौ २५ गते बडिगाड गाउँपालिकाको वडा नं. ४ जलजलामा उक्त कार्यक्रम गरिएको थियो भने हिजो वडा नं. ५ को ग्वालीचौरमा शिविर सम्पन्न भएको छ । परिवार नियोजनको अस्थाई साधनका रुपमा रहेको नरप्लान्ट महिलाको हातको पाखुरामा राखिन्छ । जो एक पटक राखे ५ वर्षसम्म काम गर्ने चिकित्सकहरुले बताएकाछन् ।

पहिला पूरानो विधिअनुसारको ६ वटा रड रहेको नरप्लान्ट लगाइने गरिन्थ्यो भने अहिले २ वडा रड भएको नयाँ प्रविधिको नरप्लान्ट आएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका हेल्थ असिस्टेन्ट चुरामणी कँडेलले बताए । ग्वालीचौरमा आयोजना गरिएको शिविरका ५० जना भन्दा बढी महिलाले उक्त सेवा लिएका छन् ।

आज भदौ २८ गते सो उक्त शिविर भिमगीठेमा हुने छ । सेवा ग्राहीको माग अनुसार उक्त शिविर सञ्चालनमा ल्याइएको कँडेलले जानाकारी दिए । नरप्लान्ट लगाउँदा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र लगाइने भएकाले सबै स्वास्थ्य संस्थामा संभव नहुने उनको भनाई छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भने जुनसुकै वेला पनि नरप्लान्ट लगाउन सकिने सेवा रहेको कँडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *