बुर्तिवाङमा उपचारको क्रममा घोसाखानीकी एक सुत्केरी महिलाको मृत्यु

छविलाल पाण्डे बुर्तिवाङ २०७४ भदौ २७ । ढोरपाटन नगरपालिका वडा नँँ ३ घोसाखानीकी २१ बर्षिया सुत्केरी बिलासा बिश्वकर्माको ज्यान गएको छ । गत पाँच दिन देखि बिरामी परेकी बिश्वकर्माको उपचारकै क्रममा मँगलबार दिउँसो बुर्तिबाङमा मृत्यु भएको हो ।

१ महिना पहिले घरमै सुत्केरी भई छोरी जन्माएकी बिश्वकर्मा गत पाँच दिनदेखि ज्वरो र खोकीको समस्या देखिएपछि बुर्तिबाङ स्थित एक मेडिकलबाट औषधि प्रयोग गर्दे आएकी थिईन् ।

सोमबार समेत निको नभएसँगै सोहि मेडिकलमा आई चेक गराउँदा निमोनियाको सँक्रमण भएको भनी थप औषधि लिएर घर फर्किएकी बिलासा उक्त औषधिले समेत निको नभएसँगै मँगलबार बिहान स्थानीयले स्टेचरमा बोकेर पुन मेडिकलमा ल्याउँदा मेडिकलले निमोनियाका कारण अबस्था जटिल भएको भन्दै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजान आग्रह गरेपछि स्वास्थ्य केन्द्रमा लैजाने क्रममै सुत्केरी बिलासाले पानी पिउन मन लागेको भनेसँगै परिवारका सदस्यले स्टेचरमा सुतिराखेकै अबस्थामा पानी खुवाएका थिए । पानी खाए लगत्तै उनले बान्ता गरेको परिवारजनले बताएका छन् ।

विलासालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याई पुराउदा उनको निधन भईसकेको डा. सुनिल जैसवालले बताए ।

एक महिना अगाडि घरमै बच्चा जन्माउने क्रममा मृतक बिश्वकर्माको दुबै खुट्टा सुन्निएको र त्यसपछि सामान्य हुँदै जटिल बिरामी परेको परिवारका सदस्यको भनाई छ ।

स्ट्रेचरमा सुतेको अबस्थामा पानी खुवाउदा स्वासनलीमा गएर स्वास नली थुनिएर उनको निधन भएको हुनसक्ने पनि आशंका गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *