गल्कोट छिस दरबाराका खरेल दाजुभाई बाख्रा पालन र आधुनिक कृषि व्यवसायमा

थम्मन थापा ‘सन्देश’, गल्कोट २०७४ भदौ २७ । पछिल्लो समयमा गलकोट क्षत्रका अधिकांश युवा रोजगारीको लागि विदेशीने सिलसिला जारी रहेको बेला गलकोट नगरपालिका वडा नं ९ छिस दरबाराका दुई दाजु भाई भनें गलकोट क्षेत्रमा रहेको कृषिको सम्भावनालाई व्यापक अध्ययन गरि आधुनिक कृषि व्यावसायमा लागेका छन । २ दाजुभाई बिदुर खरेल र विपिन खरेल गत वर्षको फागुनबाट कृषिमा आकर्षित भएका हुन । दाजु बिदुर खरेलले आफनो अध्ययनलाई मास्टर प्रथम वर्षमा पुराएका छन भनें भाई बिपिन खरेल कक्षा १२ उत्तिर्ण छन ।

नगद रु ८ लाखको लगानीमा उनीहरुले अहिले खरेल बाख्रा फर्म सॅगै कृषिजन्य अन्य विधा सञ्चालन गर्दै आएका छन । खरेल दाजुभाईले गलकोटमा वैदेशिक रोजगारीको कारण आर्थिक रुपमा सबल बन्दै गए पनि सामाजिक अवस्थामा भनें निकै नै ठूलो बिचलन आएको बताए । उनीहरुले सामाजिक अवस्था बलियो नबने सम्म जति नै आर्थिक क्रान्ति भएपनि विकसित र सभ्य समाजको निर्माण गर्न नसकिने बताउॅछन ।

नेपाल जस्तो विकास उन्मुख देशको अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हुने गरेको भन्दै कृषिमा आवश्यक श्रोत, साधन र प्रविधिको प्रयोगको अभावले पछौटेपन रहेको तितो यथार्थ समेत हामी माझ छरपष्ट रहेको गुनासो गरे ।

व्यावसायिक बाख्रा फर्म सञ्चालनको निमित्त आफनै करिब ७ रोपनी जग्गामा विभिन्न उन्नत जातको घॉस लगाएका छन । सि ओ फोर, पास पालङ, मुलाटो, टेम्बर, सेटरिया, राई खनिम, अमृसो, सुडान, नेपियर लगायतका ३ हजार विरुवा रोपिएको खरेलले जानकारी दिए ।

अहिले फर्ममा १६ वटा माउॅ बाख्रा, २९ वटा पाठा पाठी बच्चा र ५ वटा ठुला बोका रहेका छन । खरेलले डेढ रोपनी जग्गामा राजमा दाल, अन्य तरकारी बाली र डेढ रोपनी जग्गामा अलैंची खेती समेत गरेका छन ।

यो प्रारम्भिक चरण भएकोले अहिले मासिक ३० देखि ४० हजार सम्म आम्दानी गर्न सफल भएको समेत जानकारी दिए । मेहनत र परिश्रम बढाउॅदै आम्दानीको श्रोत समेत उल्लेख्य वृदि हुने र गर्ने लक्ष्य अनुरुप आफुहरु अगाडी बढिरहेको बताए ।

२५ वर्षिय बिपिन र २३ वर्षिय बिदुर खरेल परम्परागत पशुपालन र कृषिलाई अब समय सापेक्ष अगाडी बढाउन अहिले तल्लिन रहेका छन । उनीहरुको फर्म मध्यपहाडी लोकमार्ग नजिकै रहेकोले बजारीकरणमा समेत समस्या नरहेको बताए । उनीहरुले विभिन्न घॉसहरु परिक्षणको लागि रोपिएको समेत बताए । अबको डेढ वर्ष भित्र ३० वटा माउॅ पाठी उत्पादन गर्ने र बोयर क्रस नेपालमा सफल देखिएकोले स्थानिय खरी सॅग बोयर क्रस अनुसन्धानमा सफल रहेकोले आफुहरुको लक्ष्य पनि सोही कार्य गर्ने बताए । बोयर क्रसमा मनग्य आम्दानी गर्न सकिने उनीहरुको भनाई छ ।

कृषि उपजको माग तिव्र रुपमा बढदो रहेकोले माग अनुसारको कृषि उपज उत्पादन गर्दै कृषिलाई मर्यादित पेशाको रुप दिई यस क्षेत्रमा उत्पादन देखि बजार सम्म सहकारीकरणको व्यवस्था गर्न सकेमा नेपालको कृषि क्षेत्रबाट आफनो कुल ग्राहस्त उत्पादनमा वृद्वि गर्न सक्ने अवस्था रहेको खरेल दाजुभाईले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *