यसरी गरियो कार्यकारी अधिकृतलाई जलजलामा स्वागत

पर्वत २०७४ भदौ २७ । जलजला गाउँ पालिकामा नवागत कार्यकारी अधिकृत अर्जुन शर्माको जनप्रतिनिधी, गाउपालिका वडा सचिव एवं कर्मचारीव्दार स्वागत गरिएको छ ।

जलजला गाउँ पालिकाका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण) ले टिका , खादा ,फूल मालाबाट कार्यकारी अधिकृतलाई स्वागत गरेका थिए । त्यसै गरी उपस्थित सबैले फूल खादाबाट नवागत कार्यकारी अधिकृतलाई स्वागत सम्मान गरेका थिए । जलजला गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष तथा शिक्षा संयोजक गोविन्द खत्रीको स्वागत मन्तब्य रहेको स्वागत समारोहमा कार्यकारी अधिकृत शर्माले कानून , आचार संहिताको पालना गर्दै प्रभावकारी काम गर्ने , मल्लाज कोटलाई सम्झदै समग्र जलजलाको सोझो चिताएर सबैको साथमा काम गर्ने प्रण गरे ।

बागलुङ जैदी निवासी नवागत कार्यकारी अधिकृत शर्मा यस अघी दशरथ चन्द नगरपालिका बैतडीमा कार्यरत थिए ।

स्वागत समारोहमा अध्यक्ष याम बहादुर मल्लले सबै मिलेर जलजलाको चौतर्फी विकासको गति बढाउनु पर्ने अबको यात्रा रहेको छ , जसका लागि जन निर्बाचित ब्यक्तित्वहरुको जोस जाँगरसँगै कार्यकारी अधिकृतको अनुभवको भरपूर प्रयोग गर्नुपर्ने कुरा ब्यक्त गरे ।

स्वागत समारोह जलजला गाउँ पालिकाका अध्यक्ष याम बहादुर मल्लको अध्यक्षता नासु भीम प्रसाल अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *