धवलागिरी पोलिटेक्निक इन्ष्टिच्यूट बलेवामा कृषि र पशु विज्ञानको पढाई हुने

सिर्जना पन्त, बागलुङ २०७४ भदौं २६ । नेपाल सरकारले बहु प्राविधिक शिक्षालय अन्तरगत प्राविधिक शिक्षा अध्यापनको लागि धवलागिरी पोलिटेक्निक इन्ष्टिच्यूट बलेवालाई अनुमति दिए संगैं बागलुङ नगरपालिका–१४ बलेवाको नेपानेमा कृषि र पशु विज्ञान सम्बन्धी अध्ययन हुने भएको छ । कृषि तथा पशु विज्ञान सम्बन्धी अध्ययनको लागि देशका विभिन्न भागमा जानुपर्ने धौलागिरिका विद्यार्थीहरुको समस्या अन्त्य हुने भएको छ ।

धौलागिरिमै पहिलो पटक सञ्चालनमा आएको प्रमाण पत्र तहको लागि कृषि र पशु विज्ञान कार्यक्रमको लागि इन्ष्टिच्यूटले वर्गिकृत छात्रवृत्ति, डिप्लोमा तथा प्रमाण पत्र तहमा पूर्ण शुल्क र वर्गिकृृत कोटाको समेत व्यवस्था गर्दै विद्यार्थीहरुलाई भर्नाको लागि आवेदन माग गरेको छ ।

कृषि तथा पशु विज्ञान विषयमा डिप्लोमा गर्न चाहने विद्यार्थीहरुलाई तिन वर्षमा कोटामा धरौटी सहित ९० हजार रुपैया र पूर्ण शुल्क तर्फ १ लाख ३० हजार रुपैया लाग्ने इन्ष्टिच्यूटका प्रमुख बज्रमोहन पौडेलले बताए । पौडेलले इन्ष्टिच्युटमा देशका जुनकुनै स्थानबाट पनि अध्ययन गर्न आउन सक्ने भन्दैं बागलुङ नगरपालिकाको लागि १, वडा नम्बर १४ को लागि १ र महिला, जनजाती, दलित, अपाङग्ता भएका र मधेशी मुलका विद्यार्थीहरुका लागि पनि छ्ट्टै कोटाको व्यवस्था गरिएको जानकारी दिए । उनले भर्ना आवेदन खुल्ला गरिएको भन्दै असोज २४ गते भर्नाका लागि आवेदन दिने र २७ गते प्रवेश परिक्षा हुने पनि जानकारी दिए ।

पछिल्लो समय प्राविधिक शिक्षा प्रति विद्यार्थीहरुको रुचि बढदैं गईरहेको समयमा बागलुङको बलेवामा सञ्चालनमा आएको इन्ष्टिच्यूटले धौलागिरिका प्राविधिक शिक्षामा रुचि भएका विद्यार्थीहरुको चाहाना पुरा हुने बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले बताए । महंगो शुल्क तिरेर प्राविधिक शिक्षा लिइरहेका सामान्य नागारिकका छोराछोरीका लागि इन्ष्टिच्यूट सस्तो र सुलभ हुने उनको भनाई थियो ।

अक्षराङ्कन पद्दति लागु हुनु पूर्वका विद्यार्थीहरुले प्रवेश परिक्षा दिनको लागि आवेदन संगैं मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अङग्रेजी र विज्ञान विषय लिई एस.एलसी वा सो सरहको परीक्षा उत्तिर्ण गर्नुपर्ने वा कार्यक्रमसंग सम्बन्धित प्राविधिक एस.एल.सी को कुल पूर्णाङ्कमा ६८ दशमलव ३३ र ६६ दशमलव ६७ प्रतिशत अंक ल्याउनु पर्ने इन्ष्टिच्यूटले जनाएको छ । अक्षराङ्कन पद्दति लागु भएपछिका विद्यार्थीहरुले अनिवार्य गणित, अङग्रेजी र विज्ञान विषय मध्ये दुई विषयमा न्यूनतम सी ग्रेड र कुनै एकमा डि प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने बताईएको छ । इन्ष्टिच्यूटमा पहिलो चरणको शैक्षिक सत्र ०७४÷०७५ का लागि ३५ वटा कोटा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *