युवाहरुले विदेश जाने सपना नदेखी आफ्नो गाउँ बनाउने सपना देखनु पर्छ-प्रकाश घर्ती

शान्त खत्री मौसम, ताराखोला, २०७४ भदौ २७ । ताराखोला गाउँपालिका वार्ड नम्बर ३ हिलमा वार्ड भेला सम्पन्न भएको छ । गाउँपालिका प्रमुख प्रकाश घर्तीको बिशेष उपस्थित रहेको कार्यक्रममा ताराखोला गाउँपालिका वार्ड नम्बर ३ र ४ मोटर बाटो निर्माण गर्न पुरण थापा अध्यक्ष रहने गरि १ जना सदस्य पछि थम्ने गरि ९ समिति उपभोक्ता समिति गठन गरिएको छ । जस्को सचिवमा रवीन्द्र चोखाल , कोषाध्यक्षमा सीता सापकोटा त्यस्तै सदस्यहरुमा सन्दकुमारि बस्नेत , पदम चालिसे , टिकाराम निउरे , रुपा घिमिरे र खड्क बहादुर कार्की रहेका छन्।

यसैगरी वार्ड सदस्य हेमन्त घिमिरे अध्यक्ष रहने गरि ५ सदस्य अनुगमन समिति समेत गठन गरिएको छ । जस्को सदस्यमा जनप्रतिनिधि तेजुमाया भणडारि परियार , पशु प्राबिधिक गंगामति रोका प्रेम गिरि , र कर्ण बहादुर भण्डारी रहेकाछन् ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रकाश घर्तीले युवाहरुले विदेश जाने सपना नदेखी आफ्नो गाउँ बनाउने सपना देखनु पर्ने कुरामा जोड दिएका थिए। कार्यक्रममा डिसिआरडिसि बागलुङका प्राबिधिक कृष्ण गौतम र वार्ड सचिव डोलराज पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गाउँपालिका प्रमुख घर्तीको प्रमुख आतिथ्य ,वार्ड अध्यक्ष डिल बहादुर बस्नेतको अध्यक्षता र गाउँपालिका प्रतिनिधि तेजुमाया भण्डारी परियारको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *