प्रथम गलकोट लोक तारा विनोद कार्कीको दशैं तिहार गीत बजारमा

थम्मन थापा सन्देश गल्कोट २०७४ भदौ २६ । बागलुङ लोकगीत संगीतको उर्बर भूमिको रुपम परिचित छ । यसै क्रममा गलकोट नगरपालिका २ मौरियामा जन्मेका नव प्रतिभा बिनोद कार्कीले दशैं तिहारको गीत सॅगै आफनो सांगितिक यात्रा प्रारम्भ गरेका छन ।

हिन्दुहरुको महान पर्व विजया दशमीको आगमन सॅगै प्रथम गलकोट नेपाली लोक तारा समेत बन्न सफल बिनोद कार्कीले आफनो पहिलो गीती एल्वम “दशैको रातो टीका” बजारमा ल्याएर आएका छन ।

मुनाल डिजिटल मार्फत बजारमा आएको यस गीतमा बिनोद कार्की र जुना श्रीषको आवाज रहेको छ। राजन केसीको शब्द अनि बिनोद कार्कीको लय रहेको यस गीतलाई सहारा फिल्मस एण्ड ईण्टरटेनमेण्ट प्रा.लि ले निर्माण गरेको हो ।

गीतको भिडियोमा चर्चित निर्देशक शिवन पोख्रेलले निर्देशन गरेका छन । त्यस्तै गीतको भिडियोमा राजन खत्री र एलिना रायमाझीको अभिनय रहेको छ भने साथमा गायक बिनोद कार्कीलाई पनि देख्न सकिन्छ ।

गीतमा विदेशमा रहेको आफनो मायालुले महान चाड बडा दशैं र तिहारमा आफु घरमा आउन नपाए पनि आॅगनमा फुलेका फुलहरु सम्झदै मन फिका भएको तिहारको टिका माला लगाउन पनि जुगै जान्छ कि भनेर गुनासो गरेको विषयवस्तुलाई समावेश गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *