सिद्धभैरव मन्दिरमा खानेपानी धारो निर्माण

थम्मन थापा सन्देश गल्कोट २०७४ भदौ २६ । गलकोट नगरपालिका ७ मल्म साहानीडाडामा रहेको सिद्धभैरव मन्दिरमा खानेपानी धारो निर्माण भएको छ । स्थानिय खडक बहादुर साहानी र टिका साहानीले आफना स्वर्गीय हजुरबाबा मनिराज साहानीको स्मृतिमा उक्त धारो निर्माण गरेका हुन । नगद रु १२ हजारको लागतमा धारो निर्माण गरेको निर्माणकर्ता साहानीले जानकारी दिए ।

मन्दिरमा आउने भक्तजनहरुलाई खानेपानीको सहजताको निमित्त धारो निर्माण गरेको परिवारले जनाएको छ । साहानी दाजुभाईले एक वर्ष अगाडी आफना बाबा पूर्ण बहादुर साहानीको चौरासी पूजाको अवसरमा सिद्ध भैरव मन्दिरमा निर्माण गरेका थिए । मन्दिर परिसरमा धारो निर्माण भए सॅगै मन्दिरमा आउने भक्तजनको लागि खानेपानीको सहजता भएको छ । मन्दिरमा पूजा अर्चनाको लागि गलकोट नगरपालिका भित्रबाट भक्तजनहरु आउने गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *