अहिलेको देउवा नेतृत्वको सरकार काम चलाउ मात्रै हो : एमाले नेता बिश्वकर्मा

प्रेम सुनार, गुल्मी २०७४ भदौ २६ । नेकपा एमालेका स्थायि कमिटी सदस्य छविलाल बिश्वकर्माले बर्तमान सरकार काम चलाउ मात्रै भएको टिप्पणी गरेका छन् । एमाले निकट उत्पीडित जातिय मुक्ति समाजले गुल्मीको सदरमुकाम तम्घासमा आयोजना गरेको जनप्रतिनिधी सम्मान कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुुन ।

उनले देउवा नेतृत्वको सरकार चुनाव गराउनका लागि बनेको म्यादी सरकार मात्रै भएको र यसलाई दीर्घकालीन महत्वको निर्णय गर्ने कुनै अधिकार नभएको जिकीर गरे ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता सत्तारुढ दललाई लागु नहुने र एमालृेलाई मात्र लागु हुने गरी लगाईको उनको आरोप थियो आगामी हरेक तहको निर्वाचनमा पनि एमालेले नै अग्रतालाई निरन्तरता दिने उनको दाबी थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *