Menu

समन्वय समितिको संयोजकलाई लिएर एमाले गुल्मीमा तीब्र बिबाद

प्रेम सुनार, गुल्मी, २०७४ भदौ २५ । जिल्ला समन्वय समितिको संयोजकको विषयलाई लिएर नेकपा एमाले भित्रका एक जना ओली गुट पक्षधर नेता गर्जिएका छन् । सो पार्टीको दलित संगठन उत्पीडित.जातियमुक्ति समाजले सदरमुकाम तम्घासमा आयोजना गरेको जनप्रतिनिधी सम्मान कार्यक्रममा पार्टीका पुर्व जिल्ला अध्यक्ष तथा ५ नम्वर प्रदेश सदस्य वोमबहादुर खड्का संस्थापन पक्षसंग आक्रमक भएका हुन् ।

उनी जिल्ला सवन्वय समितिको संयोजकमा पार्टीले अघिल्लो दिन सम्म नेता खड्ग केसीलाई टुङ्घो लगाई सकेको अवस्थामा अर्को दिन एक्कासी अर्का नेता लक्ष्मण पराजुलीलाई संयोजक तोक लगाईएको विषयलाई लिएर गर्जिएका थिए । उनले भन, मैले मतदान नै गरौ भनेको हुँ , खड्गजी डराउनु भएर हो , यदि उहाँ नडराएर मतदान मै गएको भए उहाँले १३ मतले जित्नु हुन्थ्यो ।

पार्टी अध्यक्ष मधुकृष्ण पन्त समेत रहेको मञ्चमा उनि तर्फ औंला ठडाउँदै खड््काले प्रश्न गरे यसरी पनि पार्टी चल्छ ? खै अध्यक्षले राम्ररी पार्टी चलाएको ? खै कार्यालय सचिव ? कहाँ छ पार्टी भन्दै उनि चर्को स्वरमा गर्जिन थाले पछि कार्यक्रमका प्रमुख अथिती एमाले स्थायी कमिटी सदस्य छविलाल बिश्वकर्मा मौन देखिएका थिए ।

खड्काले उनै स्थायी कमिटी सदस्य मार्फत अव हुने प्रदेश सभा सदस्यमा आफु उठेरै छाड्ने त्यो कुनै पनि शक्तिले रोक्न नसक्ने चुनौति दिँदै उनले भने अव हामी उठ््छौ, मै उठ्छु जसलाई रोक्न न अध्यक्षले न केन्द्रले सक्छ ।

केहि दिन अघि एमालेको एकलौटी बनेको जिल्ला समन्वय समितिमा संस्थापन पक्षधर मानिने लक्ष्मण पराजुली संयोजक निर्वाचित भए पछि ओली पक्षधरले यसरी पहिलो पटक उक्त कार्यक्रममा आक्रोश पोखेको हो।

ईस्मा गाउँपालिकाबाट संयोजकमा पराजुली र सदस्यमा पनि राम मल्ल ठकुरी र अर्का सदस्यमा पनि दलबहादुर बिक सहित ३ जना राखेर समन्वय समिति बनाउनमा एमालेका एक जना ठुलै नेताको दादागिरी चलेको ओली पक्षधरहरुको आरोप रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *