Menu

बहिरा विद्यार्थीको लागि निर्मित छात्रावासको नगरप्रमुख पौडेल व्दारा उद्घाटन

कोपिला कंडेल, बागलुङ २०७४ भदौ २५ । बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेलले धौलागिरी आवसीय बहिरा माध्यमिक बिद्यालय रामरेखाको बाँगेचौरमा निर्मित छात्रावास भवनको उद्घाटन गरेका छन् ।

कादरी च्यारीटेवल फाउण्डेशन हङकङको १ करोड ४ लाख र बिद्यालयको आन्तरीक श्रोत १० लाख गरी १ करोड ३३ लाख २७ हजार रुपयाको लागतमा भवन निर्माण भएको धौलागिरी आवसीय बहिरा माबिका संस्थापक संरक्षक केबीराना मगरले जानकारी दिनुभयो ।नेपालकै पहिलो धौलागिरी आवसिय माबि रामरेखामा हाल नेपालका बिभिन्न ४० जिल्ला र छिमेकी मुलुक भारतका १ जना गरी २ सय ३० जना बहिरा बिद्यार्थी अध्यनरत छन् । ीत मध्य समोबेसी शिद्यान्तको आधारमा १० प्रतिशत सुन्ने बिद्यार्थी समेत समावेस गरिएको बिद्यालयले जनाएको छ ।

छात्रबासको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले शिक्षा क्षेत्रको बिकासका लागि राजनितिक पुर्वाग्रह राख्न नहुने बताउदै धौलागिरी बहिरा बिद्यालयले जिल्ला एबं नगरपालिकाको ईज्जत गरिमा र गौरब बढाएको बताए ।

पछिल्लो समय शिक्षामा नयां आयाम थपिएको छ, नगरप्रमुख पौडेलले भने समाजका कमजोर बर्ग बहिरा अपाङ्ग लगायत शिक्षाको क्षेत्रबाट पछाडी पारिएका समुदायको शैक्षिक उन्नती र प्रगतिको लागि मेरो तर्फबाट पनि सक्दो प्रयत्न हुनेछ ।

कार्यक्रममा त्यसैगरी जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद मिश्र, समाजसेवी देब बहादुर श्रेष्ठ, नेपाली काङ्गेसका नगर सभापति महेन्द्र आचार्य, महिला बिकास अधिकृत दिल कुमारी शर्मा र बहिरा सघंका अध्यक्ष सन्तोष पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा बिभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने तिल देबी गर्बुजालाई नगद सहित पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रम बिद्यालयका संस्थापक संरक्षक केबी राना मगरको अध्यक्षता, प्रधानाध्यापक मधुसुधन निउरेको स्वागत मन्तब्य र बिद्यालयका शिक्षक नविन शिसिर बिकको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *