कुस्मीसेरा टुनिबोटमा भएको सवारी दुर्घटनामा एमाले नेता पाठक सहित दुई जना घाईते

बागलुङ, २०७४ भदौ २५ । बागलुङ सदरमुकाम देखी जैमिनी नगरपालिका कुस्मीसेरा तर्फ गैरहेको बा ६ च ८२१७ नम्बरको ल्याण्डक्रुजर गाडी र कुस्मीसेराबाट सदरमुकाम तर्फ आईरहेकोे ध १ ज ५११ नम्बरको जीप टुनीबोटमा एकापसमा ठोक्किदा दुबै जीपमा सवार एक/एक जना घाईते भएका छन् ।

बागलुङबाट कुस्मीसेरा तर्फ गैरहेको गाडीमा नेकपा एमालेका जिल्ला उपाध्यक्ष कृष्ण पाठक सहितका नेता कार्यकर्ताहरु सवार थिए । पार्टीको कार्यक्रममा भाग लिन गैरहेको अवस्थामा उनिहरु चढेको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा नेकपा एमालेका नेता कृष्ण पाठक र जैमिनी नगरपालिका ७ की २७ वर्षिया बिमला सुवेदी घाईते भएका हुन् । घाईते दुबैको धौलागिरी अन्चल अस्पतालमा उपचार भैरहेको छ । पाठकको दायाँ तर्फको निधारमा ३ वटा टाँका लगाइएको छ । अस्पताल श्रोतका अनुसार घाईतेहरुको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा पाठक र सुवेदीसंगै एमाले प्रदेश नंं. ४ संगठन कमिटिका सदस्य श्रीप्रसाद शर्मालाई हातमा र एमाले केन्द्रीय उर्र्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसीलाई घुडामा सामान्य चोट लागेको छ भने जिल्ला सदस्य इन्द्रबहादुर थापा र गाडीका चालक टिकादत्त उपाध्यायलाई पनि सामान्य चोट लागको छ ।

कुश्मिसेराबाट बागलुङ जादै गरेको जीपले टुनीबोटमा एमाले नेताहरु चढेको गाडीलाई ठक्कर दिएको प्रहरी चौकी कुस्मीसेराका प्रहरी सहायक निरिक्षक देवराज बाँनियाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *