१९ बुँदे घोषणा पत्र सहित तमानखोला शैक्षिक सुधारका लागि कार्याशाला गोष्ठि सम्पन्न

राम सुवेदी, बुर्तिबाङ २०७४ भदौ २५ । तमानखोला गाउँपालिकाले शनिवार सम्पन्न गरेको छ । गाउँपालिका अन्तरगतका २१ विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरु, शिक्षक विद्यालयमा गठन गरिएका वाल क्लवका पदाधिकारी, वडा अध्यक्ष, कार्यापालिका सदस्य, स्रोत केन्द्रका स्रोत व्यक्ति सहितको बृहद कार्याशाला गोष्ठिले १९ बुँदे तमानखोला गाउँपालिका शैक्षिक सुधार घोषणा पत्र पारित गरेको छ ।

विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका तर्फबाट आप आफ्ना विद्यालयका गतिविधि, कार्यक्रम समस्या चुनौति र प्रगतिका विषयमा तयार पारिएका प्रतिवेदन प्रस्तुत गरेपछि समुह विभाजन गरि तयार पारिएका नयाँ नितिगत व्यवस्थालाई घोषण पत्रका रुपमा रुपमान्तरण गरिएको छ । जस्ले आगामी दिनमा तमानखोला गाउँपािलकामा शैक्षिक सुधारका कार्यक्रमहरुलाई नियमित र निरन्तर प्रगतिका पक्षमा लैजाने सबैले प्रतिवद्धता जनाएका छन् ।

गाउँपालिको विकास शैक्षिक सुधार विना संभव नदेखिएकाले यसखालको कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।
अन्य विकास निर्माण देखि, कृषि, पर्यटन, सञ्चार, सडक, यातायात सामाजिक, आर्थिक राजनैतिक पक्षहरु आफ्ना कार्यक्रममा रहँदा रहँदै पहिलो चरणमा पहिलो प्राथमिकताका साथमा शैक्षिक विकास र सुधार योजना छनोट गरि त्यस तर्फ लागिएको गाउँपालिकाका कार्यकारी अधिकृत खीमबहादुर विश्वकर्माको भनाई थियो ।

गाउँपालिकाका जनशक्ति शिक्षित नभएका कारण वालविवाह, कुरीति विसंगति र विकृतिहरु समाजमा मौलाएको अवस्था देखिएकाले नागरिकलाई शिक्षत बनाउनकै लागि गाउँपालिकाले यस्तो अभियान थालेको जनजागृत्ति माध्यमिक विद्यालय स्रोत केन्द्रका स्रोत व्यक्ति बेदबहादुर बुढाले बताए ।
विभिन्न तहबाट करिव २ सय ४० बढीको उपस्थिति, छलफल र रायका आधारमा शैक्षिक सुधार घोषणापत्र जारि गर्दै भोलीकै दिनबाट अभियानको सुरुवात गरिने तर्फ लाग्न सबैले प्रतिवद्धता जनाएका छन् ।

बागलुङ जिल्लाका १० स्थानीय तह मध्ये तमानखोला गाउँपालिकाले पहिलो पटक यसखालको कार्यक्रम आयोजना गरेको हो ।

तस्वीर- मिनू बीसी, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *