अखिल नेपाल शिक्षक संघ गलकोट नगरपालिकाको अध्यक्षमा सापकोटा चयन

गुमानसिँह भण्डारी, गल्कोट २०७४ भदौ २४ । अखिल नेपाल शिक्षक संद्य गलकोट नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै नेपाल शिक्षक महासंघ बागलुङका अध्यक्ष कृष्णप्रसाद आचार्यले शिक्षा क्षेत्रमा रहेका बिकृत र बिसंगतिलाई हटाउनका लागी शिक्षकहरु क्रियाशिल बन्नुपर्ने बताए । कार्यक्रममा अखिल नेपाल शिक्षक संद्य जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, गलकोट संयोजक टंक केसी, पृथ्वी माद्यमिक बिद्यालय हरिचौरका प्रध्यानाध्यापक बद्रि ढकाल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

भेलाले पुष्कर सापकोटाको अध्यक्षतामा १९ सदस्यीय अखिल नेपाल शिक्ष संघ गलकोट नगर कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा शेर बहादुर थापा, महिला उपाध्यक्षमा मतिकला पुन, सचिवमा सुनमाया ढकाल, सहसचिवमा सोमलाल सापकोटा, कोषाध्यक्षमा भिमप्रसाद पुन रहेका छन् ।

समितिको सदस्यहरुमा रेशम राना, नरेन्द्र पुन, डोल बहादुर केसी, जयलाल चालिसे, धनप्रसाद पुन, टिकाराम कडेल, मिन बहादुर रोका, नम कुमारी सापकोटा, दिनेश खत्री, डोल बहादुर कुबर, झबिराम गौतम र मनु सिंजाली रहेका छन् ।

कार्यक्रम पुष्कर सापकोटाको अध्यक्षता र टिकाराम कडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबिच अखिल नेपाल महिला संघ गलकोट नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ । भेलाले देबी खत्रीको अध्यक्षतमा २३ सदस्यीय अखिल नेपाल महिला संघ गलकोट नगर समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा दुर्गा पुन, सचिवमा रमा गौतम, कोषाध्यक्ष सुष्मा श्रेष्ठ, सहसचिवमा सुनाका दर्जी तथा सदस्यहरुमा हरिमाया सुवेदी, कमला खड्का, चन्द्रकलि नेपालि, कोपिला बोहोरा, रुपा थापा, भिमा खत्री, यशोदा थापा, कमला केसी, रुपा पुन, जमुना कडेल, यमुना परियार, कमला सापकोटा, नमकुमारी सापकोटा, तरला गौतम, माया सिंजाली, बिष्णुकुमारी बिक, रुपा रासकोटी रहेका छन् ।

अखिल छैठौका केन्द्रिय सदस्य मनु सिंजालिको प्रमुख आतिथ्ता रहेको कार्यक्रम देवी खत्रीको अध्यक्षता, भिमा खत्रीको स्वागत मन्तब्य र राजेन्द्र कुबरको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा अखिल छैठौका केन्द्रिय सदस्य अर्जुन शर्मा, जिल्ला अध्यक्ष शिव चालिसे, अखिल नेपाल टे«ड युनियका केन्द्रिय अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, गलकोट संयोजक टंक केसी, अखिल नेपाल युवक संद्यका रेशम सापकोटा, अखिल नेपाल किसान संघका रमानान्द्र गौतम, बिष्णु कडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *