Menu

एमाले नगर कमिटिको बैठक : एमालेलाई पहिलो पार्टी बनाउन अहिले देखी लागौँ – सापकोटा

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ भदौ २४ । नेकपा एमाले ढोरपाटन नगर संगठन कमिटिको आज बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय बुर्तिबाङमा नगरसंगठन कमिटिका संयोजक लक्ष्मण पुनमगरको अध्यक्षतामा बसेको बैठकले नगरपालिका भित्र संगठनलाई सुदृढिकरण गर्नका लागि विभिन्न निर्णयहरु गरेको क्षेत्रीय अध्यक्ष उमेश बुढामगरले बताएका छन् ।

बैठकको अवसरमा प्रशिक्षण मन्तव्य राख्दै प्रमुख अतिथि नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका सम्पूर्ण जनप्रतिनीधिहरुलाई जनताले महशुस गर्ने गरी काम गर्न अनुरोध गरेका थिए ।

उनले मंसिरमा हुन लागिरहेको प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा समेत एमालेलाई पहिलो पार्टी बनाउनका लागि अहिलेबाटै पार्टीको संगठन विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।

बैठकले प्रत्येक वडाहरुमा संगठनको भेला तथा प्रशिक्षण गर्ने कार्यक्रम तय गरेको छ । जसअनुसार, वडा नं. १ मा भाद्र २८ गते, २ मा ३० गते, ३ मा असोज २ गते, ४ मा ३ गते, ५ मा ७ गते, ६ मा ५ गते, ७ मा ९ गते, ८ मा ८ गते र ९ मा भाद्र ३१ गते वडा भेला गर्ने कार्यक्रम तय भएको बुढामगरले बताउनुभयो । साथै भाद्र ३१ गते नै ढोरपाटन नगर युवा संघ नेपाल र असोज ९ गते ढोरपाटन नगर अखिल नेपाल महिला संघको समेत गठन गर्ने निर्णय भएको छ ।

त्यसैगरी बैठकको अवसरमा गाडी दुर्घट्नामा गम्भिर घाइते ढोरपाटन नगरपालिका—७, बोबाङका विपिन भण्डारीलाई रु २० हजार आर्थिक सहयोग समेत गरिएको थियो । त्यस्तै, गाडी दुर्घट्नामा ज्यान गुमाएका ढोरपाटन नगरपालिका—५, निन्नेचौरका यमबहादुर पुनमगरप्रति श्रद्धाञ्जली व्यक्त गरिएको क्षेत्रीय अध्यक्ष बुढामगरले बताए ।

वैठकमा नेकपा एमाले प्रदेश नं. ४ संगठन कमिटि सदस्य प्रेम खरेल, संघीय तथा स्थानीय मामिला प्रदेश नं. ४ का सदस्य टंक पौडेल, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुनमगर लगायत नेकपा एमालेका पार्टी कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *