नि:स्वार्थ भएर समाज सेवामा अघि बढ्न ८८ वर्षिया गौरा कालाको आग्रह !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ भदौ २४ । गलकोट नगरपालिका वाड नम्बर २ नरेठाटी तारिखोलामा सामुदायिक भवनको उदघाटन गरिएको छ । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष हेमन्त भण्डारीले तोरीखोलालाई नमुना बस्ती र सास्कृतिक प्रबन्द्धनमा बिकास गर्ने बताए ।

कार्यक्रममा नरेठाटीको आमा समुहकी सस्थापक अध्यक्ष ८८ बर्षिय गौरा कालाले समाजका हरेक गतिबिधिसँग सहकार्य गर्दै आईरहेको स्मरण गर्दै समाज सेवामा लाग्ने ब्यक्ति निस्वार्थ भएर अगि बढ्नुपर्ने बताईन ।

नरेठाटीमा आमा समुहको स्थापना गर्दा निकै चुनौति भएको सुनाउदै पछिल्लो समय महिलाहरु हरेक क्रियाकलापमा सहभागी भएको देख्दा खुसी लाग्ने गरेको उनको भनाई थियो ।

कार्यक्रममा नगरकार्यपालिका सदस्य बिष्णु बिक, वडा सदस्य घनश्याम कुबर, भक्त बहादुर घर्ति, दुर्गा भण्डारी, नेपाली काग्रेसका महाधिबेशसन प्रतिनिधि तथा गलकोट नगर सहसंयोजक यम श्रीस, आमा समुहका अध्यक्ष निरा पुन, शान्ति युवा बिकास मञ्चका अध्यक्ष मन बहादुर पुन मनोज लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

गत बर्षको माघ महिनादेखि सुरु गरिएको सामुदायिक भवनको निर्माण कार्य यहि जेठ महिनामा सम्पन्न भएको थियो । भवन १२ लाख ५० हजारको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको हो ।

भवन निर्माणका लागी साबिक नरेठाटी गाबिस अन्तर्गतको आदिवासी जनजातिबाट ४५ हजार, महिला संजाल नरेठाटीबाट ३१ ह्जार, सुनौलो बिहानी आमा समुहबाट ३ लाख, शान्ति युवा बिकास मञ्चबाट ११ हजार, स्थानिय रन बहादुर पुनबाट ३० हजार, मन कुमारी पुनबाट १० हजार र स्थानिय जनश्रमदान गरि निर्माण कार्य सम्पन्न भएको थियो ।

कार्यक्रम सामुदायिक भवन निर्माण समितिका अध्यक्ष शेर बहादुर घर्ति मगरको अध्यक्षता र आर्थिक परिचालन समिति सचिव धन बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानियहरुले सोरठी, घाटु, लगायतका साँगितिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *