नेपाल टेलिकमको टावरमा सोलार जडान

थम्मन थापा सन्देश बागलुङ २०७४ भदौ २४ । निसीखोला गाउॅपालिका देविस्थानमा रहेको नेपाल टेलिकमको नमस्ते मोवाईल टावरमा सोलार जडान गरिएको छ ।

देविस्थान बाहुनगाउॅमा रहेको मोवाईल टावरमा पछिल्लो समयमा नियमित रुपमा विधुत आपूर्ति हुन नसक्दा निसिखोला गाउॅपालिका भित्र रहेका अन्य मोवाईल टावरहरु समेत बन्द रहेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।

स्थानिय लघु जलविद्युतको कुलोमा निसीखोलाले पटक पटक बाध भत्काउॅदा विधुत आपूर्तिमा समस्या भईरहेको स्थानियले बताएका छन ।

देविस्थानमा रहेको मोवाईल रिपिटर टावरमा विद्युत आपूर्ति नहुॅदा त्यस आसपास, बोहोरागाउॅ र निसी भल्कोटमा रहेको मोवाईल टावर केहि समय यता बन्द रहेका थिए । टावर अवरुद्व हुदा त्यस क्षेत्रका नमस्ते मोवाईल प्रयोगकर्ताहरु सञ्चार सेवा बाट बञ्चित भएका थिए । नेपाल टेलिकमले उक्त टावरमा सोलार जडान गरेपश्चात आज साझ देखि देविस्थान, बोहोरागाउॅ र निसी भल्कोटमा रहेको मोवाईल टावरहरु सञ्चालनमा आएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *