एमालेलाई पहिलो दल बनाउन मतदातालाई आग्रह

बागलुङ, २०७४ भदौ २४ । नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउनु पर्नेमा जोड दिएका छन् ।

यो देशको आर्थिक विकास, सामाजिक तथा सांस्कृतिक  रुपान्तरणका लागि एमालेसंग स्पष्ट योजना र काम गर्ने इच्छा शक्ति भएकाले आगामी निर्वाचनबाट एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउनु पर्नेमा जोड दिएका हुन् ।
नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ७, रेश वडा कमिटिले शुक्रवार आयोजना आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै जिसीले यस्तो बताएका हुन् ।

यो देशमा सरकार सञ्चालनका लागि धेरै राजनीतिक दलहरु सत्तामा गएको र एमाले बाहेक कसैले पनि देशको आर्थिक विकास र सामाजिक रुपान्तरणको योजना ल्याउन नसकेको आरोप लगाउदै उहाँले एमालेले लिएको नीति र योजनाकै आधारमा आज मुलुक समृद्धिको यात्रामा अगाडि बढेको दावी गरे ।

मुलुकको आर्थिक समृद्धिसंगै राष्ट्रियताको रक्षाका लागि पनि नेकपा एमालेलाई जिताउन आवश्यक रहेको भन्दै आगामी प्रदेश र प्रतितिधि सभाको निर्वाचनमा एमालेलाई पहिलो दल बनाउन मतदाताहरुलाई उनले आव्हान गरे ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको आवश्यकताहरुका पहिचान गरी प्राथमिकताका आधारमा काम गर्दै जनतालाई समृद्धितर्फ अग्रसर गराउन अगुवाई गर्न जिसीले सुझाव दिए ।

कार्यक्रममा नेकपा एमाले बागलुङका सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका सह–संयोजक अञ्जु जिसी, जिल्ला सदस्य तथा वडा नं. ७ का नवनिर्वाचित वडा अध्यक्ष प्रेम लामिछाने, एमाले क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्की, प्रदेश विभागका सदस्य भीमबहादुर थापा, एमाले रेशका पूर्व अध्यक्ष थम्मनबहादुर जिसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका ओमबहादुर थापा लगायतले एमालेप्रति देशभरका जनतामा देखिएको लहरले नै एमाले देशको पहिलो पार्टी बन्ने निश्चित भइसकेको बताएका थिए । कार्यक्रम नेकपा एमाले वडा नंं ७ वडा कमिटि रेशका अध्यक्ष तोपबहादुर कार्की (कृष्ण)को अध्यक्षता, सचिव भूमिराज गौतमको सञ्चालन र सदस्य महेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *