काँडेवास पचुवाको मोटरेबल पुल वर्ष दिन देखी अलपत्र, सरोकारवाला निकायको ध्यान जान जरुरी

गुमानसिँह भण्डारी, गल्कोट २०७४ भदौ २४ । गलकोट नगरपालिका वडा नम्बर ८ काडेबासको पचुवामा निर्माणाधीन मोटरेवल पुल नबन्दा स्थानीयलाई समस्या परेको छ । झण्डै एक वर्ष पहिले मंसिर महिनामा निर्माण कार्य सुरु गरिएको सो पुल अहिले अलपत्र अवस्थामा रहेको छ । निर्माण कार्य सम्पन्न भैसक्नु पर्ने समयमा पुलको ७ प्रतिशत काम पनि सकिएको छैन ।

यसरी लाखौँको योजना वर्ष दिनसम्म अलपत्र रहँदा पनि जनप्रतिनिधी तथा सरकारी निकायले यससम्वन्धमा कुनै सोधखोज र ताकेता नगर्नु चिन्ताको विषय भएको स्थानीय सन्चारकर्मी लक्ष्मण चालिसेले बताए ।

काठमाडौँको रबीन गोल्बा कन्स्ट्रक्सनले पुलको ठेक्का लिएको स्थानीयले बताएका छन् । उनिसंग सम्पर्क गर्न खोज्दा उनको फोन ९८५१०३७६२८ उठेन ।
गत असार २२ गते यो पुल निर्माण भैरहेकै ठाउँ देखी माथीबाट एक्कासी ठुलो पहिरो आएर शिव माध्यमिक विद्यालय, स्थानीय नरिश्वर चालिसे, नरहरि घिमिरे लगायतका घरहरु उच्च जोखिममा रहेको थियो ।

स्थानिय अर्जुनदत्त कडेलका अनुसार स्थानीयवासीलाई आवतजावतमा सजिलो र सहज होस भन्ने उदेश्यले गत बर्षको मंसिरदेखि पूल निर्माण कार्य सुरु गरेको हो तर १ बर्ष बित्तिसक्दा पुलको करिब ७ प्रतिशत कार्य भएको छ । खोलामा पुन नहुदाँ गलकोट नगरपालिका वडा नम्बर ८ काडेबास, मुसिकोट गाउपालिकाको वाड नम्बर ९, चन्द्रकोट गाउपालिका र बरेङ गाउपालिकाका स्थानियहरुलाई समस्या परेको छ ।

सो क्षेत्रमा दरम खोलाको बाढीका कारणले समस्या हुनुका साथै आवतजावत गर्नका लागि पुल अभावमा स्थानीयहरूले घण्टौ हिडेर झुलुङगे पुलबाट आवजावत गर्न बाध्य भएका छन । नेपाल सरकारका पुर्व भौतिक पुर्वाधार तथा यातयात मन्त्री बिमलेन्द्र निधिले गलकोटको हटिया र काडेबासमा मोटरेवल पुल बनाईदिने प्रतिबद्धता गरेअनुसार कार्य अगाडि बढेका यी योजनाहरुमध्य हटियाको शिवालय घाटमा भने करिब ४० प्रतिशत कार्य सम्पन्न भएको छ तर पचुवा खोलामा पुल नबन्दा सुत्केरी, बिरामी लगायतलाई अस्पताल लैजान समस्या परेको छ । गत महिना समयमा अस्पताल पु¥याउन नसक्दा एक सुत्केरी महिलाको ज्यान गएको कडेलले बताए ।

पुल नबन्दा काडेबास बजारका व्यापारीहरुले सामान ओसार पोसार गर्न समस्या परेको बताएका छन् । भरियालाई बोकाएर सामान लैजानुपर्ने भएका कारण हटिया बजारमा भन्दा ५ रुपिया बढि लिनुपर्ने बाध्यता भएको पसल सञ्चालक अशोक कडेलले बताए ।

स्थानीय कृषक ईन्द्र बस्नेतले खोलामा पुल नहुदा आफुले उत्पादन गरेका माछा र तरकारी बजारीकरणमा समस्या भएको बताए ।

उता काडेबासको शिव माद्यामिक बिद्यालय, जनजागृति माद्यामिक बिद्यालयका बिद्यार्थीहरु र स्थानियलाई पुलकै कारण बढि समस्या भएको स्थानीय ईन्द्रप्रसाद कडेलले इबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *