कुस्मा बजारमा जडान गरिएका अधिकांश सीसी क्यामेरा बिग्रिए

महेन्द्र केसी, पर्वत २०७४ भदौ २४ । कुश्मा बजारमा जडान गरिएका सीसी क्यामराले काम गर्न छाडेका छन् । बजार क्षेत्रमा जडान गरिएका २५ वटा सीसी क्यामरा मध्ये १३ वटा सिसी क्यामरा विग्रिएर काम गर्न छोडेका हुन् । बजारमा हुन सक्ने अपराधिक घटनाहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले दुई बर्ष अघि कुश्मा बजारमा सीसी क्यामरा जडान गरिएको थियो । निजी क्षेत्रको लगानीमा जडान गरिएका सीसी क्यामराहरुको रेखदेख र व्यवस्थापन नहुँदा अहिले विग्रिएका थन्किएका छन् ।

कुश्माको प्रगती चोक, बान्दे्रवेणी चौर लगायतका स्थानमा जडान गरिएका सीसी क्यामेराले काम गर्न छोडेको प्रहरीले जनाएको छ । सीसी क्यामरा जडान गर्ने तर त्यसको रेखदेख एंव व्यवस्थापनमा सम्वन्धित निकायले चासो नदिँदा काम गर्न छोडेको स्थानियवासीको भनाई छ ।

प्रहरी नियन्त्रण कक्षमै दृश्य हेरेर नगरको गतिविधीलाई प्रहरीले निगरानी गदै आएको थियो । तर, सीसी क्यामराहरु धमाधम विग्रिन थालेपछि अहिले प्रहरीलाई समेत समस्या भएको छ । अर्कोितर सडकका सवै ठाउँमा बत्ती तथा सोलार नहुँदा जडान गरिएका क्यामराहरु रातको समयमा प्रयोग विहिन जस्तै भएका छन् । त्यस्तै जिल्लाको वारीबेनी र डिमुवामा जडान गरिएका सीसी क्यामराहरुले पनि दिनको समयमा काम गरेपनि रातको समस्यामा उज्यालोको अभावले समस्या भएको प्रहरीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *