बोङ्गादोभान श्रोतकेन्द्रमा बृहत शैक्षिक सुधार सम्बन्धि २ दिने गोष्ठीको समापन आज

सुमन सुनार, बुर्तिवाङ २०७४ भदौ २४ । तमानखोला गाउँपालिकाको जनजागृति मावि बाङ्गादोभान श्रोत केन्द्रमा बृहत शैक्षिक क्षेत्रको सुधार सम्बन्धि २ दिने कार्यशाल गोष्ठी शुक्रबारबाट शुरु भएको छ । अन्तराष्ट्रिय साक्षरता दिवश तथा ३८ औँ शिक्षा दिवसको अवसर पारेर उक्त कार्यशाला गोष्ठिको आयोजना गरिएको हो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता रहेको गोष्ठीको अवसरमा शैक्षिक अवस्थालाई सुधार गर्नको लागि जनप्रतिनीधि, विभिन्न विद्यालयहरुका प्रध्यायानाध्यापक, विद्याय व्यवस्थापन समितिका पदाधिकारीहरु र विद्यार्थीहरुको विचमा व्यापक छलफल भएको थियो ।

गोष्ठीकै अवसरमा उत्कृष्ट शैक्षिक उपलब्धि हाँसिल गरेका केही विद्यालयहरुको नमुना प्रोजेक्टरको माध्ययमबाट प्रस्तुत गरिएको थियो । तमानखोला गाउँपालिकाका अध्यक्ष बुढाले गाउँपालिकाभित्र रहेको सवै सामुदायिक विद्यालयहरुको शैक्षिक गरणस्तरलाई बृद्धि गरी सवै समुदायका बालबालिकाहरुमा शिक्षाको समान पहुँच पु¥याउनको लागि गोष्ठिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे ।

कार्यशाला गोष्ठीमा जनजागृति मावि श्रोतकेन्द्रका श्रोत व्यक्ति बेदबहादुर बुढा र उत्तरगंगा मावि बुर्तिबाङका श्रोत व्यक्ति हरिचन पाण्डेले सहजिकरण गरेका थिए । गोष्ठीमा विभिन्न विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितका पदाधिकारी, अभिभाव र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

गाउँपालिका उपाध्यक्ष मानसरी शेरचनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन गाउँपालिका अधिकृत खीम विश्वकर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *