वामीमा सन्चालित शिविरमा १०७ जनाको मोतिया विन्दुको शल्यक्रिया !

कौरव खत्री, गुल्मी २०७४ भदौ २४ । गुल्मीको वामीमा सञ्चालन भएको तिन दिने निःशुल्क स्वास्थ्य शिविरमा १०७ जनाको आँखाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ ।

मसिकोट नगरपालिका ७ वामीको महेन्द्र आदर्श माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविर ब्रिटिश गोर्खा वेलफेयर स्किम जि.डब्लु.एस.को आयोजना तथा कादुृरी एग्रिकल्चर एड एसोसिएसन के.ए.ए.ए.को संयुक्त रुपमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा ८ जना विशेषज्ञ डाक्टर सहित २५ जनाको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा लगायत दाँत, स्त्री रोगको समेत शिविरमा स्वास्थ्य परिक्षण तथा औषधी उपचार गरिएको व्यवस्थापक कक्षापतिले जानकारी दिए ।

आफ्नो घर नजिकै स्वास्थ्य शिविर सञ्चालन भएपछि गुल्मी तथा छिमेकी जिल्ला बागलुङका विभिन्न स्थानबाट आएका हजारौ आँखा दाँत र स्त्री रोग लगायतका विरामीहरुलाई स्वास्थ्य परिक्षण तथा औषधी उपचारबाट लाभान्वित भएका छन् । तस्वीर ःकौरव खत्री ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *