बागलुङ क्षत्री समाज सुस्ताए जस्तो भएकाले यस्लाई गति दिनु आवश्यक : अध्यक्ष कार्की

बागलुङ, २०७४ भदौ २४ । क्षत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीले क्षत्री समाज अहिले सुस्ताए जस्तो , यसलाई गति दिनु आवश्यक रहको बताएका छन् । अध्यक्ष कार्कीले क्षत्री समाज बागलुङ नगरको भेलालाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । उनले समाजका सबै सदस्यहरुलाई सक्रिय भएर लाग्न आग्रह समेत गरे ।

कार्कीले सामाजिक सेवाका क्षेत्रमा समाज कृयाशिल रहेको बताउदै समाजलाई थप सुदृढ बनाउँदै सशक्त सङ्गठनको रुपमा समाजमा स्थापित गरिने उल्लेख गरे । अध्यक्ष कार्कीले क्षत्री समाज नेपालको परिवर्तनको हिस्सेदार संस्था रहेको भन्दै यसका सदस्यहरु कर्मठ र देशभक्त भएको बताए ।

नगरभेलाले गंगाबहादुर खत्रीको अध्यक्षतामा नयाँ नगर समिति चयन गरेको छ । शुक्रबार गठित समितिको उपाध्यक्षमा उजेली खत्री, सचिवमा हितबहादुर सापकोटा, सहसचिवमा टीकाबहादुर खड्का र कोषाध्यक्षमा नरसिंहबहादुर खत्री रहेका छन् ।

यस्तै, सदस्यमा मनकुमारी भण्डारी, जमुना रायमाझी, ठाकुरबहादुर सुवेदी, पहलसिंह क्षत्री, लोकबहादुर खड्का, तिलकबहादुर रोका र ओमबहादुर केसी रहेका छन् ।

समाजले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ । क्षत्री समुदायका मुद्दालाई उठाउँदै आएको समाजले त्यसका अतिरिक्त विभिन्न सामाजिक कार्यमा आफूलाई सक्रिय बनाउँदै आएको छ । भेलामा बागलुङ नगरपालिकाका १४ वटै वार्डका प्रतिनिधिहरु सम्मिलित थिए । भेलाको अध्यक्षता निवर्तमान अध्यक्ष खड्गकुमारी खड्का र सञ्चालन जिल्ला सचिवालय सदस्य हिराबहादुर केसीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *