मधुमासको समाप्ती सँगै नगर प्रमुख पौडेलले गिनाए १५ बुँदे विज्ञप्ती मार्फत उपलव्धी !

कोपिला कंडेल, बागलुङ २०७४ भदौ २४ । स्थानीय तहको निर्वाचन पछी बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुको मधुमास (सय दिन) सकिएको अवसर छोपेर बागलुङ नगरपालिकाव्दारा शुक्रबार आयोेजित पत्रकार सम्मेलनमा नगर प्रमुख जनक पौडेलले सय दिनको कार्य प्रगति १५ बुँदे विज्ञप्ती मार्फत दिएका छन् । उनले निर्वाचनको समयमा गरिएका प्रतिबद्धता तथा नीति, कार्यक्रम तथा बजेटमा समावेश भएका कार्यक्रम अनुरुप नै काम भएको दाबी गरे ।

गत बर्षको नगरपालिकाको कुल बजेट १४ करोड ७५ लाख १९ हजार ३ सय ९८ मा १३ करोड ४ लाख ८ हजार ३ सय ४७ खुद खर्च भएको र ८ लाख ८७ हजार ४३ रुपया कर दाखिला भै बांकी १ करोड ६२ लाख २० हजार ६ सय २१ दायित्व सरेको बागलुङ नगरपालिकाका नगर प्रमुख पौडेलले जानकारी दिए ।

पौडेलले निर्वाचनको समयमा गरिएका प्रतिबद्धता तथा नीति, कार्यक्रम तथा बजेटमा समावेश भएका कार्यक्रम अनुरुप नै कामभइ रहेको दाबी गरे ।

सय दिनको अवधिमा बागलुङ बजारमा सिटी हल निर्माणको प्रक्रिया सुरु भएको बताउदै नगर प्रमुख पौडेलले सिटी हल निर्माणको लागि बानपा–्३ स्थित चिप्लेटी बसपार्कको जग्गा उपलब्ध गराउन स्थानीयसंग सहमति भई अध्ययनको लागि शहरी विकास तथा भवन डिभिजन कार्यालयलाई जिम्मेवारी दिइएको जानकारी दिए ।

उनले बानपा–४ मा निर्माण गरिने बस पार्कको लागि आवश्यक डिपिआरको काम सम्पन्न भएको मेयर पौडेल विज्ञाप्तीमा उल्लेख गरिएको छ । बागलुङ बजारमा व्यवस्थित ढल निकासको लागि केन्द्रीय योजना अन्तर्गत चालु आर्थिक वर्षमा एक करोड ६० लाख विनियोजन भैसकेको छ । ढल निकास निर्माणको काम बहुवर्षिय योजना भएकाले तत्काल विनियोजित बजेट मार्फत सर्र्वेको काम हुने र यसै बर्षदेखि निर्माण कार्य अगाडी बढ्ने बताए ।

नगरपालिकाले धौलागिरी फोहर व्यवस्थापन तथा बातावरण संरक्षण सहकारी संस्थालाई उपलब्ध गराएको ६ जना कर्मचारी फिर्ता बोलाएको विज्ञप्तीमा उल्लेख छ । फोहोर संकलन संवेदनशील कार्य भएकाले सेवाग्राहीसग सभ्य, विनम्र र संयमित भएर सहकारीको मूल्य मान्यता र आदर्श अनुरुप संचालन गर्न नगर प्रमुख पौडेलले आग्रह गरे ।

सो अवसरमा उप प्रमुख सुरेन्द्र खड्काले नगरपालिका भित्र करिब ८० प्रतिशत घरहरु नगरपालिकाकै कारण नियम बिपरित बनेको स्वीकार गर्दै लामो समयदेखि विवादमा रहेको नक्सा पासको विषयलाई लिएर गठित समितिले अध्ययन सुरु गरेकोे बताए । उनले नगरपालिकाका प्राविधिकहरुले निजि रुपमा कार्यालय स्थापना गरी नक्सा बनाउने काम रोक्नु पर्ने बताए । कार्यक्रममा मेयरका लागि धौलागिरी बहुमुखी क्याम्पस नजिक नगरपालिकाकाले घर भाडामा लिएको विषयमा पनि उपमेयर खड्काले बचाउ गरेका थिए ।

बागलुङको बाङ्गेचौर पाङ, नागलीवाङ–कुँडुले–रत्नेचौर जोडने पुलको सर्भे सम्पन्न भएको नगरपालिकाले जनाएको छ । कार्यक्रमको संचालन योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले गर्नुभएको थियो ।

विज्ञप्तीको पूर्णपाठ यस्तो छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *