बागलुङमा शिक्षा दिवस : शिक्षाको गुणस्तर बृद्धि गर्न सरोकारवालाको ध्यान जानु जरुरी !

कोपिला कंडेल, बागलुङ २०७४ भदौ २४ । बागलुङ सदरमुकाममा ३८ औ राष्ट्रिय शिक्षा दिवस तथा तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस जिल्ला शिक्षा कार्यालय लगायत जिल्लाका बिभिन्न सघंसंस्था र बिद्यालयद्धारा र्याली पर्दशन गरी शुक्रवार मनाईएको छ ।

र्याली पछि आयोजित मुल समारोहको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले शिक्षालाई गुणस्तरीय बनाउनका लागि स्थानिय तहको भुमिका प्रभावकारी हुनुपर्ने बताए । शैक्षिक लगायत स्थानिय तहका सबै समस्या समाधान गर्ने दायित्व अव स्थानिय निकायलाई राज्यले सुम्पेको चर्चा गर्दै प्रमुख जिल्ला अधिकारी थापाले शैक्षिक सुधारको लागि अव स्थानिय तह र प्रदेश बिच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।

हिजो सम्म राज्यले गरेन आलोचना हुन्थ्यो प्रमुख जिल्ला अधिकारी थापाले भने अव सिहांदरबारको अधिकार गाउंगाउंमा आएपछि स्थानिय तहलाई राम्रो बनाउने जिम्मा स्थानिय जनप्रतिनिधी बिच आएको छ । उनले शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि सबै सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यसैगरी जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद मिश्रले बिगतको तुलनामा भन्दा अहिले जिल्लाको शैक्षिक उपलब्धी माथि पुगेको बताए ।

बिगतमा जिल्लामा ९७ प्रतिशत शैक्षिक उपलब्धी हासिल भएकोले जिल्लालाई साक्षारता घोषणा गरिएको चर्चा गर्दै मिश्रले अहिले साक्षारता दर अझै माथि पुगेको दाबी समेत गरे ।

गतबर्ष राष्ट्रिय रुपमा जिल्लाको शैक्षिक उपलब्धी ४६ प्रतिशत मात्र भएको थियो, प्रमुख जिल्ला अधिकारी मिश्रले भन्नुभयो यसबर्ष यो उपलब्धी बढेर ६२ प्रतिशत पुगेको छ भन्दै उनले अझै ४.७ प्रतिशत बिद्यार्थी बिद्यालय बाहिर रहेकोले उनिहरुलाई बिभिन्न सघंसंस्थाको सहकार्यमा बिद्यालयमा भर्ना गर्ने वातावरण सृजना गर्नुपर्ने बताए ।

सो अवसरमा बिभिन्न राजनितिक दलको प्रतिनिधीत्व गर्दै नेकपा माओबादी केन्द्र बागलुङकी चिनीमायां काला मगर र नेपाल शिक्षक महासघंका छविरमण रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रम एबं इइसीमा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक र संस्थागत बिद्यालयका बिद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम जिल्ला समन्वय समितिका उपसंयोजक बिष्णु भुसालको अध्यक्षता, नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलको स्वागत मन्तब्य र जिल्ला शिक्षा अधिकृत लोकराज आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *