सीवाईसीव्दारा चार उद्यमी समुह गठन

सुमन जि.सी, बागलुङ २०७४ भदौ २४ । जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले शुक्रवार एक कार्यक्रमका विच ४ वटा उद्यमी समुहहरु गठन गरेको छ ।

संस्थावाट ऋण लगी उद्यम व्यवसाय गरिरहेका तथा संस्थामा विगत देखि राम्रो कारोवार गर्दै आएका सदस्यहरुको भेलाबाट १ समुहमा ५ जना रहने गरी ४ वटा उद्यमी समुह गठन भएका छन् । उद्यमी समुहहरु जागृती उद्यमी समुह, हातेमालो उद्यमी समुह, सिवाईसी उद्यमी समुह र सिवाईसी व्यवसाय विकास उद्यमी समुह रहेका छन् । संस्थाले यि समुहका सदस्यहरुलाई प्रती व्यक्ति वढिमा ५ लाख ऋण विना धितो सामुहीक जमानीमा व्यवसाय सञ्चालनका लागि प्रदान गर्ने जनाएको छ ।

सहकारी संस्थाहरुले सदस्यहरुलाई विना धितो कर्जा प्रवाह गर्ने कानुनी प्राव्धान नरहेकाले संस्थामा निरन्तर कारोवार गरिराखेका सदस्यहरुका लागि छोटो अवधिको विना धितो ऋण आवश्यक परेको खण्डमा सामुहीक जमानी मार्फत विना धितो ऋण प्रदान गर्ने उद्देश्यले यी समुहहरुको गठन गरिएको संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले जानकारी गराए ।

कार्यक्रममा समुह गठन, परिचालन, समुहलाई प्रदान गरिने सेवा सुविधा र समुहका काम कर्तव्य र अधिकारका विषयमा संस्थाका अध्यक्ष पौडेलले सहजीकरण गरेका थिए भने स्वगात ऋण उपसमिति संयोजक वेदप्रसाद शर्मा र सञ्चालन प्रवन्धक नवराज शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *