Menu

हिलको हरिमाविमा ३८ औँ विश्व साक्षारता दिवस

शान्त खत्री मौसम, गल्कोट ताराखोला, २०७४ भदौ २४ । ३८ औ बिश्व साक्षरता दिवसको असवरमा हरि माध्यमिक बिद्यालय ताराखोला गाउँपालिका वार्ड नम्बर ३ हिलमा माध्यमिक स्तरीय अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । संघीय नेपाल समृद्धिको आधार , स्तरीय शिक्षा सवैको अधिकार भन्ने मुल नारा रहेको थियो । ४ सदनका ८ समुहको सहभागिता रहेकोमा अन्नपूर्ण वि सदन प्रथम , माछापुच्छ्रे ए दोस्रो , र सगरमाथा ए सदन तेस्रो भएका छन ।

कार्यक्रमका अध्यक्ष समेत रहेका निमित्त प्रधानध्यापक कपिलमणी चापागाईंले विद्यार्थीहरु सधै उर्जाशिल भए आफ्नो प्रतिभा खुलेरै देखाउनु पर्छ भन्ने कुरामा जोड दिएका थिए । शिक्षक शिव प्रसाद निउरेको स्वागत मन्तव्य रहेको कार्यक्रम , शिक्षक घनश्याम गौतमको संचालन सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *