Menu

घुम्टे पर्यटन विकास केन्द्रको अन्तरक्रिया : बृहत् गलकोट महोत्सवको आवश्यकता !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ भदौ २३ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा गलकोट घुम्टे महोत्सव सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज हटियामा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले गलकोट सामाजिक, सांस्कृतिक ,ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको सम्वद्र्धनका लागि दोस्रो गलकोट घुम्टे महोत्सवको आवश्यकता भएको बताए । सहभागीहरुले योजनावद्ध र पूर्वाधारको विकाससँगै बृहद गलकोट महोत्सवको आयोजना गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा , उपमेयर रेनुका काउचा, ताराखोला गाउपालिका प्रमुख प्रकाश घर्ती, जिल्ला समन्वय समिति बागलुङका सदस्य रूपा बिक, नेपाली कांग्रेस बागलुङका सदस्य फम बहादुर खत्री, नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङका सदस्य बुल बहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगर कमिटीका उपाध्यक्ष गंगा भुजेल, राष्ट्रिय जनमोर्चा गलकोट नगर कमिटीका अध्यक्ष टंक बहादुर केसी , गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लि का अध्यक्ष गुमानसिह बुढाथोकी, वडा अध्यक्ष वीर जंग भण्डारी, हेमन्त भण्डारी, पृथ्वी मावि हरिचौरका प्रधानाध्यापक बद्री प्रसाद ढकाल लगायतले मन्तव्य राखेका थिए ।

प्रथम गलकोट घुम्टे महोत्सवका अभियन्ता यम बहादुर श्रीसले अवधारणा प्रस्तुत गरेको कार्यक्रम केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतको अध्यक्षता, उपाध्यक्ष राज बहादुर थापाको स्वागत र सचिव शेरबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्तरक्रियामा महोत्सवको आवश्यकता रहेको प्रशंग सबैले उठाएको भएपनि कहिले गर्ने भन्ने विषयमा भने सबै मौन रहे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *