धर्म परिर्वतन गराएको उजुरी पछी गुडनेवर इन्टरनेश्नल र सोडेक माथि छानविन शुरु

महेन्द्र केसी, पर्वत २०७४ भदौ २३ । धर्म परिर्वतन गराएको भन्दै गुडनेवर इन्टरनेश्नल र सोडेक पर्वतमाथि छानविन शुरु भएको छ ।

समाज कल्याण परिषदमा गाउँमा जबरजस्ती धर्मपरिर्वतन र भ्रष्टाचार गरेको उजुरी परेपछि उक्त संस्थामाथि छानविन शुरु गरेको हो ।

फलेवास नगरपालिकाको भंगरा, लिमिठाना, मोदी गाउँपालिकाको देउराली, क्याङ, भुकताङ्लेका एक हजार तीन सय २० जना बालबालिकालाई सेवा पु¥याउने बहानामा धर्म परिर्वतन गराउने र आर्थिक अनियमितिा गर्ने गरेको समाज कल्याण परिषदमा उजुरी परेपछि छानविन शुरु गरिएको हो ।

गुडनेवरले सन् २०१२ देखि जिल्लामा परियोजना संचालन गर्दै आएको छ । त्यस अबधीमा बालबालिकालाई धर्मपरिर्वतन गराउने तथा उक्त क्षेत्रको रकम दुरुपयोग गरेको, कफी सहकारी खोलेर अलपत्र पारेको, सम्झौता अनुसार रकम उपलब्ध नगराएको लगायतका विषयमा उजुरी परेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *