बानपा-६ की सावित्री परियारले विष सेवन गरेको घटना रहस्यमय !

बागलुङ २०७४ भदौ २३ । बागलुङ नगरपालिका-६ की करीब २६ वर्षकी सावित्री परियारलाई विहान ७ बजे विष सेवन गरी गम्भीर अवस्थामा उनका श्रीमान बिक्रम परियार सहितले धौलागिरी अन्चल अस्पतालमा ल्याएकोमा यहाँ उपचार हुन नसक्ने भन्दै अस्पतालले थप उपचारका लागि पोरखा रिफर गरेको छ । र उनलाई श्रीमान विक्रम परियार र उनका दाजु समेतले थप उपचारका लागि पोखरा लगेका छन् ।

सावित्री परियारले विष सेवन गर्नुको कारण के थियो खुल्न आएको छैन । प्रहरीले यस सम्वन्धमा अनुसन्धान गरिरहेको बुझिएको छ ।

साविक सिगाना गाविसकी सावित्री परियारको गत २०६५ सालमा बिक्रम परियार संग प्रेम विवाह भएको थियो । उनिहरुको ३ वर्षकी एक छोरी छन् ।

समाचार श्रोतका अनुसार, सावित्री परियार यहि भदौ १४ गते अल्पकालीन महिला सेवा केन्द्र बागलुङमा आएर माथी उल्लेखित कुरा बताउदै हाल श्रीमानले काठमाडौँमा अर्कै श्रीमती ल्याई बसेको आफु र छोरीलाई हेला गरी पालन पोषण समेत नगरेकोले बाहिरै काम गरी जीवन यापन गरिरहेकोले निजलाई झिकाई छलफल गराई पाउँ भनी निवेदन दिएपछी केन्द्रले विक्रम परियारलाई झिकाई यहि भदौ १९ गते श्रीमान श्रीमतीवीच छलफल गराएको थियो ।

अल्पकालीन महिला सेवा केन्द्रकी प्रमुख शर्मिला थापाका अनुसार उनिहरुबीच छलफल हुँदा एक हप्ता भित्रै विवाह दर्ता र सावित्रीको नागरिकता बनाईदिने र भदौ २५ गते पुन सेवाकेन्द्रमा आउने मौखिक सहमति भएपछी सावित्री श्रीमान संगै घर गएकी थिईन् ।

सावित्री परियारले आज एक्कासीे विष सेवन गरी गम्भीर हालतमा उनलाई उपचारार्थ धौलागिरी अन्चल अस्पताल ल्याएको थाहा पाएपछी घटना गम्भीर देखेर जिल्ला प्रहरी कार्यालय बागलुङलाई जानकारी गराएको’ केन्द्र प्रमुख थापाले बताईन ।

सात दिनभित्र बिबाहा दर्ता र नागरिकता गराईदिने मौखिक सहमती गरेर श्रीमानका साथ लागेर घरमा गएकी सावित्रीले सात दिन नपुग्दै विष सेवन गर्नु रहस्यमय देखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *