मुसिकोट थामडाँडामा देखिएको मौसमी ज्वरो नियन्त्रणमा

कमल पौडेल, खर्वाङ बागलुङ २०७४ भदौ २२ । छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ थामाडाँडामा देखिएको मौसमी ज्वरो पूर्णरुपमा नियन्त्रणमा आएको छ। केहि दिन पहिले देखि धेरैजनामा ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको टोली नै पुगेर उपचार गरेको थियो। टोलीले २ सय ४१ जना विरामीको उपचार गरेको र ज्वरो नियन्त्रणमा आएपछि फर्किएको टोली प्रमुख पौदी अमराई स्वास्थ्य चौकीका अहेव पदम अधिकारीले जानकारी दिए।
अधिकारीले स्वास्थ्य टोलीले मौसमि ज्वरो वाहेक धेरै दीर्घ रोगीहरुको समेत उपचार गरेको वताए ।

मुसिकोट नगरपालिकाका स्वास्थ्य प्रमुख ढाल वहादुर जिसिले सो स्थानमा भाइरल ज्वरो देखिना साथ जिल्ला स्वास्थ्य कार्यालयवाट औषधि पठाइएको र अहिले नियन्त्रणमा आएको वताए ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष पूर्ण हितानले समाचारमा वाहिर आयजस्तो प्रकोप नभएको र ज्वरो नियन्त्रणमा आइसकेको वताए ।
स्वास्थ्यकर्मीहरुले ज्वरोका कारणले नै विद्यालय वन्द गर्नुपर्ने अवस्था नरहेपनि विरामी विद्यार्थीहरुलाई विद्यालयमा नआउन सुझाव दिएको वताएका छन्। उता वन्द रहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त खरेलले भाइरल ज्वरो र रुघा खोकीका विद्यार्थी वढ्दै गएको र विद्यालयमा ५० प्रतिशत विद्यार्थीपनि विद्यालय आउन नसकेपछि २ दिनको लागी विद्यालय वन्द गर्नुपरेको वताएका छन् । खरेलका अनुसार २२ र २३ गते विद्यालय वन्द गरिएको २४ गते शनिवार परेको तथा २५ गते विद्यालय खोल्दा धेरै विरामी विद्यार्थी निको भएर आउने अनुमान गरिएको वताए । गाउँमा देखिएका विरामीहरु विस्तारै आराम हुँदै गएको पनि खरेलले वताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *