अखिल (छैठौं )को संगठन निर्माण तथा जागरण अभियान गल्कोटमा

सुमन सुनार, बागलुङ २०७४ भदौ २२ । अखिल (छैठौं ) बागलुङको संगठन निर्माण तथा विद्यार्थी जागरण अभियान गल्कोट नगरपालिकामा जारी रहेको अखिल छैठौ बागलुङले जनाएको छ ।

अभियान अन्तर्गत आज गल्कोट नगरपालिका वडा नं. १ गल्कोट स्थित सरस्वती माध्यमिक विद्यालयमा संगठन निर्माण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको अखिल छैठौ बागलुङका जिल्ला अध्यक्ष शिव चालिसेले बताए । विद्यालयकी विद्यार्थी पुजा कुवँरको अध्यक्षता रहेको भेलामा अखिल छैठौका केन्द्रीय सदस्य अर्जुन शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि शर्माले शिक्षा प्रर्णालीमा आमुल परिवर्तन गर्नका निम्ती युवा विद्यार्थीहरुको महत्वपुर्ण रहने बताए । शिक्षा प्रणाली र समग्र राज्य सत्तालाई परिवर्तन गर्नका निम्ती बिद्यार्थीहरु सशक्त ढंगबाट संगठित भई अगाडि बढ्न आवश्यक रहेको उनको भनाई थियो ।

विद्यालयमा रहेका विद्यार्थीहरुको एक भेलाले लिल बहादुर विश्वकर्माको अध्यक्षतामा ४५ सदस्यिय विद्यालय स्तरिय अखिल छैठौ मुल ईकाई समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा विष्णु खड्का, सचिवमा मिलन कुवँर, सह–सचिवमा सुजन नेपाली, कोषाध्यक्षमा पुजा कुँवर रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन ।

यस्तै भेलाले कक्षा स्तरिय अखिल छैठौ सह–ईकाई समेत गठन गरिएको छ । जसअनुसार कक्षा १२ मा लिल बहादुर विश्वकर्मा कै अध्यक्षतामा १७ सदस्यिय अखिल छैठौ सह–ईकाई समिति गठन गरिएको छ । यस्तै कक्षा ११ मा विष्णु खड्काको अध्यक्षतामा ११ सदस्यिय सह–ईकाई समितिको गठन गरिएको छ । त्यस्तै कक्षा १० मा मिलन कुँवरको अध्यक्षतामा ४१ सदस्यीय र कक्षा ९ मा मिलन कुवँरको अध्यक्षतामा ३३ सदस्यिय कक्षा स्तरिय अखिल छैठौको सह–ईकाई समिति गठन गरिएको बताईएको छ ।

भेलाको सञ्चालन अखिल छैठौ बाग्लुङका कोषाध्यक्ष राजेन्द्र कुवँरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *