कोरियाली स्वयं सेवक समुहव्दारा मालढुंगामा निशुल्क स्वास्थ्य शिविर

कोपिला कँडेल, बागलुङ २०७४ भदौ २२ । कोरियाली स्वयं सेवक समुह, कन्सर्न नेपाल, लाईफ वल्र्ड कोरिया र रोटरी ईन्र्टनेशनल डिस्टीकको सहयोगमा मालढुङ्गबासीका लागि निशुल्क स्वास्थ्य शिक्षा सिविर सम्पन्न गरेको छ । सो ६२ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको बताईएको छ ।

कार्यक्रममा दात माझ्ने ब्रस टुथपेष्ट, नुहाउने साबुन महिलाका लागि सेनिटरी प्याड झोला लगायतका निशुल्क स्वास्थ्य सामग्री वितरण गरिएको कन्सर्न नेपालका चक्रबिर थापाले जानकारी दिए ।

सो अवसरमा बोल्दै रोटरी क्लव अफ बागलुङका अध्यक्ष पुर्ण बहादुर केसीले समुदयामा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनका लागि यस्ताखाले कार्यक्रमको आयोजना गरिएको बताए ।

सो अवसरमा रोटरी क्लव अफ बागलुङका सचिव ओम प्रकाश शर्मा, जिल्ला प्रहरी कार्यालय सरोज श्रेष्ठ, सयपत्री हस्तकलाका प्रशिक्षक सीता सुनार लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम बारे कोईका प्रतिनिधी मायाँले प्रकाश पारेकी थिईन् ।

कार्यक्रम कन्सर्न नेपाल बागलुङका अध्यक्ष केबी शाहीको अध्यक्षता र सदस्य चक्रवीर थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *