ताराखोला गाउपालिका ४ वार्डको भेला सम्पन्न, विभिन्न सन्जाल गठन !

पूर्ण भद्र निउरे, गल्कोट (ताराखोला), २०७४ भदौ २२ । ताराखोला गाउँपालिका वार्ड न ४ को वार्ड भेला आज सम्पन्न भएको छ ।

भेलामा मन्तव्य राख्दै ताराखोला गाउपालिका अध्यक्ष प्रकाश घर्तीले तारखोला गाउपालिकाका स्रोत र साधनको अधिकतम प्रयोग गर्दै तत्कालीन ,मध्यकालीन र दीर्घकालीन योजना बनाएर ५ बर्ष भित्रमा गाउपालिकाका हरेक बस्तीका जनताले बिकासको बास्तबिकता अनुभुती दिलाउने कुरामा जोड दिए।

भेलाले ताराखोला गाउपालिकाका अन्य वडामा स्वास्थ संस्था र वडा भबन भएको र ४ न वडामा मात्र नभएकोले स्वास्थ संस्था स्थापनाका लागि पहल गर्न र वडा भवनका लागि जग्गा ब्यबस्थापन गर्न वडा अध्यक्ष जित बहादुर खत्रीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ ।

त्यसै गरि भेलाले ताराखोला गाउपालिका वार्ड न ४ मा तुलमाया निउरेको अध्यक्षतामा १३ सदस्यीय महिला संजाल ,धन बहादुर पुलिसाकोको अध्यक्षता ११ सदस्यीय जनजाती संजाल , जित बहादुर घर्तीको अध्यक्षतामा ११ सदस्यीय युवा संजाल , खगराज सापकोटाको अध्यक्षतामा १३ सदस्यीय कृषि संजाल , नरसिंह दर्जीको अध्यक्षतामा१३ सदस्यीय दलित संजाल , शशिधर निउरेको अध्यक्षतामा ९ सदस्यीय अपांग संजाल र समर बुढा थोकीको अध्यक्षतामा ९ सदस्यीय बाल संरक्षण समितिको गठन गरेको छ।

भेलामा ताराखोला गाउँ पालिकाका उपाध्यक्ष दिल कुमारी पुन रोका,ताराखोला गाउँपालिकाका प्रमुख राजनीतिक सल्लाहकार नरेश के सी , कार्यपालिका सदस्य धन बहादुर बि क , ताराखोला स्वास्थ चौकी इन्चार्ज शंकर बिष्ट , प्रेस सेन्टर ताराखोलाका संयोजक पूर्ण भद्र निउरे लगायतले मन्तव्य व्यक्त गरेका थिए। भेला ताराखोला गाउपालिका वार्ड न ४ का अध्यक्ष जित बहादुर खत्रीको अध्यक्षता र सामाजिक परिचालक भिमा रोकाको संचालनमा सम्पन्न भएको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *