मैत्रीपूर्ण फुटबल प्रतियोगिता : जनप्रतिनिधी टिमलाई पराजीत गर्दै कर्मचारी टिम विजयी !

गल्कोट २०७४ भदौ २२ । निजामती सेवा दिवसका अवसरमा गल्कोट नगरपालिकाव्दारा आयोजित मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिता आज विहान सम्पन्न भएको छ । जनप्रतिनिधी ११ र कर्मचारी ११ बीच हटिया स्थित गल्कोट बहुमुखी क्याम्पसको प्रांगणमा खेलिएको खेल निकै रोमान्चक रहेको दर्शकहरुले बताए । जनप्रनिधि र कर्मचारीवीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शकहरुको ठुलो भीड लागेको थियो ।

जनप्रतिनिधीहरु सहभागी टिमको नेतृत्व मेयर भरत शर्मा गैरे र कर्मचारीहरु सहभागी टिमको नेतृत्व गनपाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीले गरेका थिए ।

जनप्रतिनिधी टीमबाट मेयर गैरे, उपमेयर रेणुका काउचामगर लगायत वरिजँग भण्डारी, हिम बहादुर भण्डारी, विष्णु सुनार, धनश्याम कुवँर, नरबहादुर खत्री, नारायणध्वज मल्ल, डम्वर श्रीस, तेज बहादुर थापा, भक्त बहादुर घर्ती, झहर खत्री, पदम कार्की, भिम वि।क। र बेल बहादुर बोहोराको सहभागिता रहेको थियो भने कर्मचारी टिममा कार्यकारी अधिकृत सुवेदी सहित काशीराम शर्मा, ज्योतिन्द्र चापागाई, लक्ष्मण कार्की, ओम दर्लामी, अर्जुन सुबेदी, सम्झना पुन, रामनारायण श्रेष्ठ, प्रकाश पौडेल, जहरीलाल चौधरी, चिन्तामणी शर्मा, गणेश सुनार, कुमभराज मल्ल, सुभाष सुनार र सन्तोष थापाले भाग लिएका थिए ।

मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारी ११ ले जनप्रतिनिधि ११ लाई ० का बिरुद्ध एक गोलले पराजीत गरी विजय हात पारेको थियो । एक मात्र विजयी गोल कर्मचारी ११ का टिम लिडर कार्यकारी अधिकृत सुवेदीले प्रहार गरेका थिए ।

मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको मुख्य आकर्षण जनप्रतिनिधी टिमबाट सहभागी महिला खेलाडी उपमेयर रेणुका काउचा र विष्णु सुनार तथा कर्मचारी टिमीका संझना पुन बनेका थिए ।

खेलको समाप्ती पछी मेयर गैरे र उपमेयर काउचाले विजयी कर्मचारी टिमलाई सम्मानित गरेका थिए ।

सो अवसरमा बोल्दै मेयर गैरेले यस प्रकारको मैत्रीपूर्ण खेलले जनप्रतिनिधीहरु र कर्मचारीहरुवीचको सम्वन्धलाई अभैm सुमधुर बनाउन सहयोग पुग्ने बताएका थिए ।

सो अवसरमा उपविजेता जनप्रतिनिधी टिमलाई कार्यकारी अधिकृत सुवेदीले सम्मान गरेका थिए । समापन कार्यक्रमको सन्चालन कुलराज पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *