गल्कोट नगर विकास समितिको अध्यक्षमा रेग्मी नियुक्त

गल्कोट २०७४ भदौ २२ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य चन्द्रदत्त रेग्मीलाई सरकारको मन्त्रीस्तरीय निर्णयबाट गल्कोट नगर विकास समितिको अध्यक्ष पदमा नियुक्त गरिएको छ । उनी गल्कोट नगर विकास समितिको पाँचौ अध्यक्ष बनेका छन् ।

अध्यक्ष रेग्मी गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गल्कोट नगरपालिकाको वडा नं २ नरेठाँटीको वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवारसंग पराजीत भएका थिए ।

गल्कोट नगरपालिकाको निर्वाचन सम्पन्न भै जन निर्वाचित प्रतिनिधीहरुले कार्यभार सम्हाली सकेकाले नगर विकास समितिको औतित्य समाप्त भैसकेको अवस्थामा रेग्मी गल्कोट नगर विकास समितिको अध्यक्ष नियुक्त भएका हुन् । पार्टीगत हिसावले आफना कार्यकर्तालाई मानार्थ प्रदान गरिदै आएका यस्ता पदहरुले अनावश्य बखेडा सिर्जना हुने संभावनालाई नकार्न सकिदैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *