वामीमा नि:शुल्क स्वास्थ्य शिविर : पहिलो दिनमै ७ सय ६३ जनाको स्वास्थ्य परिक्षण

कमल पौडेल खर्वाङ बागलुङ २०७४ भदौ २१ । ब्रिटिश गोर्खा वेलफेयर स्किम जि.डब्लु.एस.को आयोजना तथा कादुरी एग्रिकल्चर एड एसोसियसन के ए ए ए को संयुक्त प्रायोजनमा ३ दिने निशुल्क स्वास्थ्य शिविर मुसिकोट नगरपालिका ७ वामीमा सुरु भएको छ ।

महेन्द्र आदर्श माविको प्रांगणमा सुरु गरिएको शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, आँखाको मोतीया विन्दुको अप्रेशन, दन्तरोग तथा सामान्य स्त्री सम्बन्धि रोगहरुको परिक्षण हुने शिविरको व्यावस्थापन गरिरहेका वेलफेयरका एरिया अफिसर गम वहादुर थापाले जानकारी दिए ।

बुधवार पहिलो दिन शिविरवाट ७ सय ६३ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । परिक्षण गरिएको विरामी मध्य ४४ जनाको मोतिया विन्दुको अपरेशन गर्नुपर्ने भएकोले विहिवारको लागी वोलाईएको पत्रकार लोक प्रसाद छन्त्यालले जानकारी दिए । मोतियाविन्दुको प्रा.डा. सल्मा केसी राई नेतृत्वको टोलीले शल्यक्रिया गर्ने आयोजकले जनाएको छ ।

तस्वीर- डिल्लीराज खरेलको फेसवुकबाट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *