निजामती सेवा दिवसमा हटियामा मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना

घनश्याम गौतम, गल्कोट २०७४ भदौ २१ । निजामती सेवा दिवस, २०७४ को अवसरमा गल्कोट नगरपालिकाले हटियामा “जनप्रतिनिधी- ११ र कर्मचारी ११” विच मैत्रीपुर्ण फुटवल प्रतियोगिताको आयोजना गरेको छ । पहिले “मेयर-११ vs कार्यकारी-११” भनिएपनि पछिल्लो पटक ‘जनप्रतिनिधी-११ vs कर्मचारी-११ वीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता नामाकरण गरिएको कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिए ।

जनप्रतिनिधी र कर्मचारी वीच समधुर सम्वन्ध विकास गर्ने उद्देश्यले नगरपालिकाका जनप्रतिनिधिहरु र गल्कोट नगर क्षेत्रमा कार्यरत निजामती कर्मचारीहरुको टीमवीच मैत्रीपूर्ण खेल प्रतियोगिताको आयोजना गर्न लागिएको कार्यकारी अधिकृत सुवेदीले बताए ।

हटियास्थित गल्कोट बहुमुखी क्याम्पसको प्राङ्गणमा बिहीवार विहान ८ बजे जनप्रतिनिधी र कर्मचारी वीच पहिलो चोटी गल्कोट हटियामा हुन लागेको मैत्रीपूर्ण फुटबल खेल निकै आकर्षक एवं रोचक हुने स्थानीयले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *