Menu

शान्तिदीप मावि कुस्मी सेरामा ३५ सदस्यीय परिसूचन बाल क्लब गठन

तन्मती रोका, बागलुङ कुस्मीसेरा २०७४ भदौ २१ । बालबालिकामा भएको प्रतिभा प्रष्फुटन गर्ने उद्धेश्य सहित बागलुङ जैमिनी नगर पालिका वडा न. १ कुश्मिसेरामा रहेको शान्ति दीप उच्च माध्यमिक विद्यालयमा बुधबार परिसूचन बाल क्लव गठन भएको छ ।

परिसूचन साप्ताहिक पत्रिकाको पहलमा अर्जुन आचार्यको अध्यक्षतामा ३५ सदस्यीय परिसूचन बालक्लव गठन भएको हो ।

क्लवको उपाध्यक्षमा मनकुमारी परियार, सचिवमा सुलोचना मल्ल, सह–सचिवमा अमृत पौडेल र कोषाध्यक्षमा अञ्जना शर्मा रहेका छन् ।

सदस्यहरुमा सोनु केसी, पार्वती शर्मा, दिपा पौडेल, अञ्जना शर्मा, प्रदिप सापकोटा, अमृत थापा, निजन नेपाली, सुमन शर्मा, सपना शर्मा, सुलोचना मल्ल, सुशिला केसी, आवेश खान, अमिसा थापा र पवन शर्मा, मुस्कान नेपाली, अमृत पौडेल, राजु बस्याल, सफल पौडेल, सुमन केसी, वविन हमाल, सन्धा मल्ल र लक्ष्मी थापा लगायत रहेका छन् ।

सल्लाहकारहरुमा शिक्षक झपिन्द्रबहादुर क्षेत्री, मेघनाथ आचार्य, डिल्लीप्रसाद पौडेल रहनु भएको छ । कार्यक्रममा परिसूचन साप्ताहिक पत्रिकाका प्रमुख सम्वाददाता कमल रानाले सहजिकरण गरेका थिए ।

रानाले परिसूचन बालक्लव गठन गर्नुको उद्धेश्य, बाल अधिकार र सूचनाको हक लगायतको बारेमा सहजिकरण गरेका थिए ।
परिसूचन साप्ताहिकले जिल्लाका विभिन्न ठाउँहरुमा बालक्लव गठन सँगै पत्रिकाको ग्राहक अभियान सञ्चालन गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *