Menu

माओवादी केन्द्र बागलुङको बुर्तिबाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न

थम्मन थापा सन्देश, बागलुङ २०७४ भदौ २१ । नेकपा माओवादी केन्द्र बागलुङको संगठन सुदृढिकरण, बैठक तथा प्रशिक्षण कार्यक्रम अन्तरगत जिल्लाको ढोरपाटन नगरपालिका बुर्तिबाङमा भेला सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा बागलुङका ईन्चार्ज फमलाल निउरेले कार्यकर्ताहरुलाई आर्थिक प्रलोभनमा नपरी पार्टीको विचार सिद्वान्त र व्यवहारलाई पालना गरि सम्वृद्धराष्ट्र निर्माणमा लाग्न आग्रह गर्दै सर्वहारा वर्गलाई राज्यको मुलधारमा ल्याउने पार्टी माओवादी केन्द्र मात्रै रहेकोले जनता भ्रममा पर्न नहुने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तुलसीराम अर्याल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला कार्यालय सचिव चन्द्र बहादुर थापा शिखर, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य कुशुम बुढा र नेपाल दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य लाल बहादुर परियारले प्रशिक्षण मन्तव्य व्यक्त थ।ेका पथए ।

सो अवसरमा विभिन्न जनवर्गीय संगठनको समिति गठन गरिएको छ । जस अन्तरगत शेरमान घर्तीको संयोजकत्वमा ११ सदस्यीय नेकपा माओवादी केन्द्र ढोरपाटन नगर जनपरिषद, होमलाल भुसालको संयोजकत्वमा २१ सदस्यीय वाई सि यल, कमला अर्यालको संयोजकत्वमा ११ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी, हेम प्रसाद विश्वकर्मा संयोजक रहेको नेपाल दलित मुक्ति मोर्चा, बिमल खडका संयोजक रहेको प्रेस सेन्टर नेपाल, लिङकन घर्ती मगर संयोजक रहेको मगर मुक्ति मोर्चा, दिर्घलाल गैरे संयोजक रहेको अखिल नेपाल किसान संघ क्रान्तिकारी, राम प्रसाद आचार्य संयोजक रहेको मजदुर संगठन, लाल बहादुर घर्ती संयोजक रहेको उद्योग व्यापार संगठन, वीर बहादुर घर्ती संयोजक रहेको अखिल क्रान्तिकारी र कुलपति सापकोटा संयोजक रहेको एकिकृत अखिल नेपाल शिक्षक संगठन गठन गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ । प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिकाका ईन्चार्ज चन्द्र अर्यालको अध्यक्षता र सचिव भीम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *