Menu

गायक अधिकारीको समयले मलाई गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं २०७४ भदौ २१ । गायक सिडी विजय अधिकारीको स्वर रहेको समयले मलाई गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा सुमन कार्कीको शब्द र सरोज प्याकुरेलको संगीत रहेको छ ।

भिडियोमा अर्विन कोइराला, कृष्टी शर्मा, जगदिश जोशी, अपेक्षा ढुंगाना र बालकृष्ण पोखरेलको अभिनय रहेको छ । जीवनमा धेरै कुराबाट धोका पाएका अरविन भिडियोमा दुईटी प्रेमिकाले दिएको धोकाबाट पागल भएर पीडाले छटपटिदै हिडेका छन् । भिडियोको सुरु देखि अन्त सम्म वियोगान्त छ ।

उक्त भिडियोका प्रमुख पात्र अर्विन र उनिसँग ढोकिने आउने सबै पात्रले भिडियोमा राम्रो अभिनय गरेको देख्न पाईन्छ । पछिल्लो दिन निकै चर्चामा रहेका गायक सिडी विजय अधिकारीको यो गीत वियोगान्त गीतहरुको सुचिमा निकै अगाडी आउने गायक स्वयं बताउछन् ।

गीतकार सुमन कार्कीको शब्दमा यो भन्दा अगाडी पनि मोडल अर्बिन कोइराले अभिनय गरेका थिए भने संगीत र भिडियो निर्देशन पनि सरोज प्याकुरेलकै रहेको थियो । आफैसँग बोलको उक्त गीत लगायत धेरै वटा गीतमा अभिनय गरिसकेका अर्विनले पछिल्लो भिडियोमा निकै उत्कृष्ट अभिनय गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *