सेनाले बनायो ठेउले खोलामा बेलीबृज : अब केहि दिन भित्रै बागलुङबाट ५ घण्टामा बुटवल …!

किरण आचार्य, बागलुङ २०७४ भदौ २१ । नेपाली सेनाले जिम्मा लिएर निर्माण गरिरहेको कालीगण्डकी करिडरको बागलुङ जैमिनी नगरपालिकाको ठेउले खोलामा बेलिबृज निर्माण सम्पन्न गरेको छ । यो बेलिबृज निर्माण सँगै बागलुङ जिल्लाका दक्षिण खण्डका जनताहरुको यात्रा सहज बनेको छ ।

ठेउले खोलामा पुल निर्माण नहुँदा वर्षायाममा बागलुङ जिल्लाका साबिक छिस्ती, जैदी, अर्जेवा, विनामारे, कुस्मीसेरा गाविसका स्थानीयहरु पर्वत जिल्ला भएर कुस्मा बजार हुँदै बागलुङ सदरमुकाम आउन बाध्य थिए । अहिले ठेउले खोलाको जैमिनी घाटमा नेपाली सेनाले बेलिबृज निर्माण सम्पन्न गरेपछी यस भेगका जनताको यात्रा सहज बनेको छ ।

सडक निमार्ण कार्यदलका प्रमुख सेनाली इ. रेश्मीराज भटराई

नेपाली सेनाले ठेउले खोलाको जैमिनी घाटमा झण्डै ४ करोडको लागतमा निमार्ण गरेको बेलीब्रिज डियस आर मोडलको करिब ३२ मिटर लम्बाई र १४ फिट चौडाई रहेको बेलीबृजको भारबहन क्षमता ३० देखि ३२ मेट्रिक टन रहेको कालिगण्डकी करिडोर बेलीब्रिज निमार्ण कार्यदलका प्रमुख ई.क्याप्टेल लोकबहादुर सिलवालले बताए ।

बेलीब्रिज निमार्ण कार्यदलका प्रमुख ई.क्याप्टेल लोकबहादुर सिलवाल
ठेउले खोलाको जैमिनी घाटको बिनामारे जोडने बेलीबृज निमार्ण गर्न नेपाली सेनालाई २१ घण्टा लागेको थियो ।

बेली बृज निर्माण सम्पन्न भएपछी खुशी व्यक्त गर्दै जैमिनी नगरपालिकाका उपमेयर लिला रानाले भारतबाट आउने नेपालीहरु सुनौली नारायणघाट पोखरा हुदै घुमेर आउने झन्झटको अन्त्य भएको बताए । जैमिनी नगरपालिका ५ का वडाअध्यक्ष गोपाल शमार्ले सेनाले बेली बृज निर्माण सम्पन्न गरेपछी यस क्षेत्रको मुहारै फेरिएको बताए ।

जैमिनी नगरपालिकाका उपमेयर लिला राना
बेलीबृजको निर्माण पछी जैमिनी नगरपालिका र बरेङ गाउपालिकाका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

नेपाली सेनाले जिम्मा लिएको कालीगण्डकी करिडोरको बागलुङ देखि गुल्मीको पालुङ खोला जोडने सडक खण्डमा सातवटा पुल आवश्यक पर्नेमा अहिले सम्म ४ वटा पुल निमार्ण भएको र तिन वटा पुलको निमार्ण कार्य जारी रहेको बताउदै सडक निमार्ण कार्यदलका प्रमुख सेनाली इ. रेश्मीराज भटराईले मौसमले साथ दिएमा दशैँ तिहार भित्रै यातायात सुचारु हुने बताए ।

अहिले सम्म गुल्मीको घुमाउनेखोला, बागलुङ र गुल्मीको सिमानामा रहेको पालुङ खोला, जैमिनी नगरपालिकाको बेलबगर खोला, कुस्मेसेरा र बिनामारे जोडने ठेउले खोलामा पुल निमार्ण सम्पन्न भएको छ । अव छिस्ती र जैदीको सिमानामा रहेको बेलबगर चौरीखोला, अमलाचौरको धापाखोला, नारायणस्थानको सिउडी खोलामा पुल निमार्ण गर्न बाकी रहेको छ । यी निर्माणाधीन पुलहरु केहि समय भित्रै सम्पन्न हुने बताईएको छ । यसपछी बुटवलबाट बागलुङको यात्रा ५ घण्टामा छोटिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. Laxmi Gc

    याे खबर सुन्दा अन्तन्तै खुशि लाग्याे, अब सबै जनताले राहत पाउने भए, अाशा छ कि याे दशै सम्ममा याे बाटाे सम्मप्न भएकाे ebaglung.com बाट थाहा पाउने छाै,
    धेरै धरै धन्यावाद ebaglung लाइ समय सान्दर्भिक र ताजा समचार सधै ल्याउने साबै ebaglung टिम लाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *