गुल्मी छापहिले माविका ६५ विद्याथर्थीलाई सोलार टुकी वितरण

लोकेश गीरी, गुल्मी २०७४ भदौ २१ । गुल्मी जिल्लाको मालिका गाउपालिका वडा नम्बर ५ स्थित छाप हिले माबि मा अध्ययनरत ६५ विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको छ ।

नेपाल सरकारको अनुदानमा ‘शिक्षाको लागि उज्यालो कार्यक्रम’ अन्तर्गत गुल्मी क्षेत्र नब्बर ३ का ३४ बिद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाइ सूर्य टुकी वितरण गरिने कार्यक्रम अन्तरगत विद्यालयको कक्षा९ र १० विद्यार्थीलाई सौर्य सोलार जडित सर्य बत्ती वितरुणर विद्यालयका प्रधानाध्यापक धनु गिरीले बताए ।

गाउँमा विद्युतको व्यवस्था नभएको र विद्यार्थीलाई पठनपाठनमा उज्यालोका लागि उक्त कार्यक्रम प्रभावकारी हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर कार्कीले बताएका छन् । सरकारले वितरण गरेको सौर्य टुकीको सही सदुपयोग गर्न विद्यार्थीलाई विव्यस अध्यक्ष कार्कीले आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *