वडीगाड गाँउपालिका १० दर्लिङमा वडा स्तरिय महिला सञ्जाल गठन

खेमराज अर्याल, बुर्तिबाङ २०७४ भदौ २० । वडिगाड गाँउपालिकाको वडा नम्बर १० दर्लिङमा आज वडा स्तरीय महिला सञ्जाल गठन गरिएको छ । दर्लिङको पुरानो विद्यालयको भवनमा भएको महिलाहरुको भेलाले भिमकुमारी बुढाथोकी घर्तीको अध्यक्षतामा ९ सदस्य महिला सञ्जाल गठन गरेको हो ।
सञ्जालको उपाध्यक्षमा जुनाकुमारी रसाइली सचिवमा वाल कुमारी बुढा सह सचिवमा झरना बुढा र कोषाध्यक्षमा रानी बुढा लगाएत अन्य सदस्यहरु रहेका छन् । यस्तै आजैै आसा थापाको संयोजकत्वमा तिन सदस्यिय सल्लाहाकार समिति पनि गठन गरिएको छ ।

भेलामा वडा नम्बर १० का महिलाहरु सहित वडा अध्यक्ष वीरेन्द्र बुढा वडा सदस्य हिरालाल विक उमा गुरुङ युवा वुद्धिजिवी झन् बहादुर बुढाको पनि उपस्थिति रहेको थियो ।

गाँउपालिकाबाट वडा नम्बर १० मा महिला विकास सिपमुलक तालिम तथा आयआर्जन कार्यक्रमका लागी विनियोजित ७ लाख रुपैयाँबाट कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा छलफलका लागी आगामी असोज १ गते छलफल गरिने नवगठिगत सन्जालकी सचिव वालकुमारी बुढाले जानकारी दिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *