गल्कोट रिघाको शैक्षिक सुधारको लागी शैक्षिक संस्थाहरुमा अनुगमन सुरु

कमल पौडेल, खर्वाङ बागलुङ २०७४ भदौ २० । गल्कोट नगरपालिका वडा नं. ११ ले शैक्षिक सुधार को लागी वडा भित्रका विद्यालय तथा वालविकास केन्द्रहरुमा अनुगमन सुरु गरेको छ । वडा अध्यक्ष डम्बर वहादुर श्रीसको टोलीले आज किम्ले प्राथमिक विद्यालय किम्लेमा अनुगमन निरिक्षण गरेको छ ।

सो क्रममा वडा अध्यक्ष श्रीसले विद्यालयमा शैक्षिक सुधारको लागी आवश्यक कदम चाल्न सवै पक्ष तयार हुनुपर्ने वताउदै कुनै पनि विषयको समस्या हुँदा समाधान पनि संगै हुने भन्दै विद्यालय संग सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने वताए ।

कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका सदस्य प्रेम चालिसे, तिलक पुन लगाएतले बोलेका थिए ।

कार्यक्रम विद्यालय व्यावस्थापन समिति अध्यक्ष दान वहादुर श्रीसको अध्यक्षता तथा प्रधानाध्यापक रुपा पुन को संचालनमा सम्पन्न भएको थियो।
त्यस्तै टोलीले आजै पारिजात वाल विकास केन्द्र झारसाँदीमा पनि अनुगमन तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा वडा अध्यक्ष श्रीसले शिक्षाको आधारभूत जग वालविकास भएकोले वालवालिकाको मनोवैज्ञानिक विकास तथा सकारात्मक सोचको विकास आधारभूत तहवाट गर्नुपर्ने वताए ।

कार्यक्रममा समाजसेवी इन्द्रमणि सापकोटाल पनि मन्तव्य दिएका थिए । कार्यक्रम वालविकास केन्द्रका अध्यक्ष मनिराम विकको अध्यक्षता, तथा सहजकर्ता नन्दकलि नेपालीको संचालनमा सम्पन्न भएको थियो । गल्कोट नगरपालिका वडा नं. ११ रिघाले वडा भित्रको शिक्षा निति निर्माण गरि वडा भित्रका सवै विद्यालय अनुगमन गर्ने र आवश्यक पृष्ठपोषण सहित शैक्षिक सुधार गर्ने उद्धेश्य साथ कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष समेत रहेका डम्वर श्रीसले वताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *