खुल्यो नुन-चिनीको सुपथ मुल्य पसल : कालोबजारी गर्नेलाई कार्वाहीगर्ने प्रजिअको चेतावनी !

गल्कोट, कुस्मीसेरा र बुर्तिवाङ बजारमा सुपथ मुल्यको पसल सन्चालन गर्ने व्यवस्था गरिनु आवश्यक

कोपिला कंडेल, बागलुङ २०७४ भदौ २० । साल्ट टेडिङ्ग कर्पोरेशन बागलुङले सुपथ मुल्य पसल संचालनमा ल्याएको छ । बडा दशै तिहार र छठ पर्वको अवसर पारेर साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आज देखी कार्तिक ८ गते सम्मका लागि नुन र चिनीको सहुलियत दरमा सुपथ मुल्य पशल संचालनमा ल्याएको हो ।

सुपथ मुल्य पसलको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले चाड पर्वको बेला ब्यापारीले कृत्रिम अभाव सृजना गर्ने परिपाटीको अन्त्य गर्नका लागि सुपथ मुल्य पसल संचालनमा ल्याएको भन्दै सर्वसाधारणलाई पसको भरपुर उपयोग गर्न आग्रह गरे ।

उनले कुनै ब्यापारीले सुपथ मुल्य पसलको सुबिधा लिएर महंङ्गो मुल्यमा बिक्रि वितरण गर्ने जस्तो कालो बजारी गरेको पाईएमा कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिए ।

चाडपर्वको बेला हुने मिसावट र अखाद्य बस्तुको खुलेआम बिक्रिवितरण हुन सक्ने चर्चा गर्दै प्रजिअ थापाले बजार अनुगमनलाई तीव्र रुपमा अगाडी बढाउने पनि बताए ।

सो अवसरमा सुपथ मुल्य पसलले गुणस्तरीय चिनी र आयोडिन युक्त नुनको ब्यवस्था गरेको भन्दै प्रमुख जिल्ला अधिकारी थापाले पसलको दुरुपयोग नहुने गरी संचालन गर्नुपर्ने निर्देशन पनि दिए ।

चाड पर्वको बेला सर्वसाधारणको माग र आवश्यकतालाई मध्यनजर गरी सहुलियत दरमा सुपथ मुल्य पसल संचालनमा ल्याएको साल्ट टे«डिङ्ग कर्पोरेशनका प्रमुख मनोज कुमार श्रेष्ठले बताए । सुपथ मुल्य पसलबाट प्रति ब्यक्ति ६ केजी चिनी र ३ पोका नुन बिक्रि गरिने कार्यालयले जनाएको छ ।

चिनीको मुल्य प्रति केजी ७७ रुपया ५० पैसा र नुनको मुल्य प्रति पोका १८ रुपया रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । खुल्ला बजारमा चिनीको मुल्य ८५ देखी ९० रुपया र नुन प्रति पोका २० देखी २५ रुपैया सम्ममा बिक्रि हुने गरेको कर्पोरेशनले जनाएको छ । सुपथ मुल्य पसल बिहान १० बजे देखी साँझ पाच बजे सम्म संचालन हुने कार्यालयले जनाएको छ ।

अपाङ्ग, बुद्ध सुत्केरी लगायतका अशक्त र बिरामीका लागि लाईनमा बस्न नपर्ने ब्यवस्था मिलाईएको कार्यालय प्रमुख श्रेष्ठले बताए । सार्वजनिक बिदाको दिन बाहेक अन्य सबै दिन नुन र चिनीको बिक्री वितरण गरिने कर्पोरेशनले जनाएको छ । गर्तबर्षको तुलनामा चिनीमा १ रुपया ५० पैसा कम र नुनमा २ रुपया बढि मुल्यमा बितरण गरिने साल्ट टेडिङ्गले जनाएको छ ।

जिल्लाको गल्कोट, कुस्मीसेरा र बुर्तिवाङ बजारमा सुपथ मुल्यको पसल सन्चालन गर्ने व्यवस्था गरिनु आवश्यक रहेको जिल्लावासीको माग रहँदै आएको छ । सदरमुकाम बाहिरका जिल्लावासीले पनि दशैँ तिहारजस्तो चाडपर्वमा केहि राहत पाउन् भन्ने सोँच सरोकारवालामा हुनु जरुरी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *