प्रवास : इद अल अधाको अवसरमा दुबईमा भलिवल प्रतियोगिता सम्पन्न

सचिन्द्र श्रेष्ठ , युएई,२०७४ भदौ २० । गत आइतवार, यु ए ई मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पवित्र चाड इद अल अधाको अवसरमा सबैको साझा चौतारी नेपाली समुदाय डि आइ पी यु ए ई ईकाई समिती द्वारा आयोजना गरीएको नेपाली समुदाय डि आइ पी क्षेत्र भरिका नेपाली टिमहरु बिच पहिलो पटक भलिवल प्रतियोगिता आयोजना भएको थियो ।

प्रबासमा रहेर पनि खेललाई प्राथमिकता र सम्पूर्ण नेपाली बिच भाईचारा, एकता ,सदभाव हुने हेतुले खेलको सुरुवात गर्दै आयोजन गरिएको खेलमा नेपाली राष्ट्रीय गान र यु ए ई राष्ट्रीय गान गाएर खेलको सुरुवात गरिएको थियो । ऊक्त खेलमा भाग लिनको लागि डि आइ पी क्षेत्रवाट खेलाडी आएका थिए भने धेरै दर्शक उपस्थितीले खेल अवधीभरी राम्रो मनोरन्जन दिनुको साथै आ(आफ्नो पक्षमा खेलाडीको मनोवल बढाउन पुर्ण हुटिड्ग गर्दै खेललाई अझै मनेरन्जन प्रदान गरेको थियो।

रिताज भिल्ला अगाडी डि आइ पी मैदानमा आयोजना गरिएको उक्त खेलमा ६ समुह संलग्न भएको र खेल नकआऊट आधारमा खेलाईएको थियो ।अन्तिम फाईनलमा फेबटेक कम्पनी र रिटाज भिल्ला विच निकै रोमान्चक खेलमा प्रथम स्थान भने फेबटेक कम्पनीले आफ्नो पोल्टा पारेको थियो भने दोश्रो स्थान रिटाज भिल्ल्लाले हाशील गरेको थियो । विजेतालाई नगद, मेडल, ट्रफी र प्रमाणपत्र दिइएको कार्यक्रम ब्यबस्थापक माधव अधिकारिले बताए ।
खेलाडीहरुलाई नेपाली समुदाय यु ए ई का अध्यक्ष बिदुर राउत साथै नेपाली समुदाय डि आइ पी यु ए ई ईकाई समितीका कृष्ण पर्सा दुलाल र राजन तिमल्सिना लगायतकाले पुरस्कार हस्तान्तरण गरेका थिए ।

स्मरण रहोस नेपाली समुदाय यु ए ई ले बिगत देखि नै सामाजिक, मानवीय हित एबं खेलकूद बिकास मा आफ्नो कार्य गर्दै आइरहेको छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *