Menu

समाजसेवी सलामीको निधनबाट यस क्षेत्रकै अभिभावक गुमाउनु परेको छ भुसाल

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ भदौ १९ । बडिगाड गाउँपालिका वडा नं. २ सक्न्यार निवासी समाजसेवी झविलाल सलामीको ७८ वर्षको उमेरमा निधन भएको छ । साविक दगातुन्डाडा गाविस वडा नं. ९ का वडा निर्वाचित वडा अध्यक्ष समेत रहको सलामी रेमली टोला प्राविको पूर्व व्यावस्थापन समितिको अध्यक्ष, नवप्रतिभा वचत तथा ऋण सहकारी संस्थाको पूर्व संचालक सदस्य, त्रिभुवन मावि खर्वाङका वरिष्ठ चन्दादाता, लब्दीपाखा सामुदायीक वन उपभोक्ता समितिका सल्लाहकारा, लफरे सिरसीरे खानेपानी उपभोक्ता समितिको पूर्व अध्यक्ष, ज्यांना सक्न्यार टुटिफेद मोटरवाटो समितिको पूर्व सदस्य, नेकपा एमाले वडा संगठन कमिटि सल्लाहकार लगाएतका पदहरुमा रहि काम गर्दै आएका थिए । सलामीको आवाजमा रेडियो सारथीमा जिंगल समेत रहेको छ ।

सलामीको आइतवार भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ। सलामीका ५ छोरा र २ छोरी रहेका छन् । सक्न्यार कै सामाजिक व्यक्तित्व तथा यस क्षेत्रकै अभिभावक गुमाउनु परेको जिल्ला समन्वय समिति बागलुङका उपाध्यक्ष तथा नेकपा एमाले बागलुङका उपसचिव विष्णु भुसालले वताएका छन् । भारतीय सेनावाट सेवा निवृत्त भए संगै २०५१ साल देखि नेकपा एमालेको पार्टी सदस्यता लिएका सलामी २०५४ सालको स्थानिय निकायको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *